मृतकका परिवारलाई राहत वितरण
इनेप्लिज
२०७२ जेठ २२ गते ४:२७ मा प्रकाशित
धुन्चे (रसुवा), २२ जेठ । विनाशकारी भूकम्पका कारण मृत्यु भएका पाँचसय भन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ ।
जिल्ला दैवीप्रकोप उद्धार व्यवस्थापन समितिका अध्यक्ष उद्धवप्रसाद भट्टराईका अनुसार ५१६ जना मृतकका आफन्तलाई रु ४० हजारका दरले राहत वितरण गरिएको हो ।
यसैगरी घर पूर्णरुपमा क्षति भएका १० हजार ६२५ घरधुरीलाई प्रतिघरधुरी रु पाँच हजार, आंशिकरुपमा क्षति भएका २६३ परिवारलाई रु तीन हजार र खानाखर्चबापत प्रत्येक परिवारलाई रु दुई हजारका दरले राहत वितरण गरिएको उहाँले बताउनुभयो ।
राहत लिन कोही छुटेको भए सम्पर्क गर्न जिल्ला दैवीप्रकोप उद्धार व्यवस्थापन समितिले आग्रह गरेको छ ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया