राजदुत डा० कार्कीलाई बाल्टिमोरले पच्चीस लाखको राहत-चेक दियो

इनेप्लिज २०७२ जेठ २१ गते १४:२२ मा प्रकाशित

DSC03476अमेरिकाका लागी नवनियुक्त नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीलाईबाल्टिमोरका नेपालीले पच्चीस लाख रुपिंयाको बैंक चेक हस्तान्तरण गरेका छन् l नयाँ राजदुत डा. कार्कीको स्वागतार्थ हिजो बुधबार बाल्टिमोरमा आयोजित स्वागत समारोहमा
बानाका अध्यक्ष कुलमणी आचार्यले पच्चीस हजार अमेरिकी डलरको बैंक चेक राजदुत डा. कार्कीलाई हस्तान्तरण गरे l नेपाली पच्चीस लाख हुने अमेरिकी डलर पच्चीस हजार डलरको चेक बुझ्दै राजदुत डा. कार्कीले आफ्नो मन्तब्यमा भने – यो पैसा नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा भएर नेपाल सरकारको बिभिन्न मन्त्रालयहरु मार्फत जिल्ला जिल्लाका भुकम्प पिडित कहाँ पुग्ने एकमात्र सशक्त माध्यम सरकारको प्रधानमन्त्री राहतकोष नै हो भने l अमेरिकाको लागी राजदुत नियुक्त भएर आफु अमेरिका प्रस्थान गर्नु अघि नै अमेरिकामा राजनैतिक शरणार्थीको रुपमा बसेका नेपालीलाई नेपाली पासपोर्ट दिलाऊने काम

DSC03468

सम्पन्न गरिसकेको र अहिले टिपीएसको लागी प्रयास गरिरहेको छु भने l पेन्सिलभानिया र म्यारिल्याण्डको लागी नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महत,म्यारिल्याण्ड राज्यका स्टेट डेलिगेट क्रिस्चिएन मिलिई, बाल्टिमोर मेयर कार्यालयका ईमिग्रेसन एफेयर्स डाईरेक्टर क्याटालिना लिभाले कार्यक्रममा मन्तब्य दिंदै नयाँ राजदुत डा. अर्जुन कार्कीलाई बाल्टिमोर शहरमा स्वागत गरेका थिए l नेपाली कांग्रेसको प्रबाश संगठन जनसम्पर्क समिती म्यारिल्याण्ड च्याप्टरकाअध्यक्ष राज सेन्चुरी, नेकपा एमालेको प्रबाश संगठन प्रबाशी नेपाली मंच म्यारिल्याण्ड च्याप्टरका अध्यक्ष युद्ध बहादुर पन्त, रास्ट्रिय प्रजातन्त्र पार्टीको प्रबाश संगठन नेपाली एकता समाज म्यारिल्याण्ड च्याप्टरका अध्यक्ष पारशमणी श्रेष्ठ,एनआरएन एनसीसी अमेरिकाको नवनिर्बाचित क्षेत्रीय ऊपाध्यक्ष रबिना थापा,र डा. मदन ऊप्रेतीले पनी समारोहमा मन्तब्य दिंदै नयाँ राजदुत डा. अर्जुन कार्कीलाईबाल्टिमोर शहरमा स्वागत गरेका थिए l बानाका ऊपाध्यक्ष सतिश चापागांईको स्वागत भाषणबाट शुरु भएको ऊक्त कार्यक्रम अध्यक्ष कुलमणी आचार्यको अध्यक्षतामा भएको थियो l बाल्टिमोरका नेपालीहरुको छाता संगठन बाल्टिमोर एसोसीएसन् अफ नेप्लिज ईन अमेरिका बाना को आयोजना र प्रबाशी नेपाली मंच म्यारिल्याण्ड च्याप्टर तथा जनसम्पर्क समिती म्यारिल्याण्ड च्याप्टरको प्रायोजनमा ऊक्त कार्यक्रम आयोजना भएको कुरा प्रबाशी नेपाली मंच अमेरिकाका केन्द्रिय महासचिब प्रभु थापाले डिसीनेपाल डटकमलाई बताए l राजदुत डा. कार्कीको सम्मानमा रात्रीभोज सहित माऊन्ट एभरेस्ट रेस्टुरेन्टको ब्यांक्वेट हलमा आयोजना गरिएको ऊक्त स्वागत समारोह सकिंदा मध्येरातको साढे बार्ह बजेको थियो र राहतको चेक बुझेर डा. कार्की राजदुत निवास वाशिंगटन डिसी पुग्दा भोलिपल्ट बिहानको दुई बजेको थियो l

DSC03479

प्रतिक्रिया