बिहीबार, साउन १४ २०७८
काठमाडौं ०२:२३
वासिङटन डिसी 16:38

‘संविधान नबनाई कांग्रेसले सरकार छाड्दैन्’

इनेप्लिज २०७२ जेठ २१ गते १३:५९ मा प्रकाशित

krishna-prasad-situla

मोरङ, २१ जेठ । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले नयाँ संविधान जारी नभएसम्म कांग्रेसले सरकार नछाड्ने स्पष्ट पार्नुभएको छ । विराटनगरमा कार्यकर्ता भेटघाटमा महामन्त्री सिटौलाले जतिसक्दो चाँडो संविधान जारी गरी देशको पुनःनिमाणका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकार बनाउने नाममा देशमा थप अन्योल सिर्जना गर्न नहुने धारणा राख्नु भयो । फास्ट ट्रयाकबाट भए पनि असार मसान्तसम्ममा संविधान जारी गर्ने विषयमा प्रमुख दलहरूबीच छलफल भइरहेको उल्लेख गर्दै महामन्त्री सिटौलाले संविधान जारी हुनुअगावै राष्ट्रिय सरकार गठन गरिए देशका लागि घातक हुने बताउनुभयो ।

संविधान निर्माण गर्ने दायित्वबाट कोही पछि हट्न नहुने उल्लेख गर्दै उहाँले देशमा आइपरेको विपत्तिको सामना गर्न असार पछाडि सबै दलको सहभागितामा राष्ट्रिय सरकार निर्माण गरी मुलुकलाई पुनःनिर्माणको बाटोमा लानुपर्ने उल्लेख गर्नु भयो । रासस

प्रतिक्रिया