भूकम्प पीडितको राहत दुरुपयोग हुन दिन्न: प्रधानमन्त्री
काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितका लागि प्राप्त सहयोग रकमको सदुपयोग हुने बताउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भूकम्प पीडितका लागि विभिन्न सङ्घसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएको राहत सहयोग रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले आफूले सुशासन ,पारदर्शिता, जवाफदेहिता, भ्रष्ट्राचारविरुद्ध शून्य सहनशिलता र मितव्ययितालाई उच्च प्राथमिकता दिएको जानकारी दिँदै राहतमा अनियमितता गर्ने जोसुकैलाई कारबाही हुने उल्लेख गर्नु भयो ।
कोषमा आज साउथ एसियन रिजनल ट्रेड युनियन काउन्सिलका अध्यक्ष लक्ष्मण बस्नेतले रु १० लाख १६ हजार ४५२ बराबरको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्र्नुभयो ।
सो अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालका साथै संयुक्त ट्रेड युनियनका पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।
आजै हल्यान्डको रिचआउट टू नामक संस्थाका तर्फबाट अध्यक्ष लिसवेथ नाइजेलकर्कीले पनि रु पाँच लाख प्रदान गर्नुभयो ।
त्यस्तै करुणा फाउन्डेसनले रु पाँच लाख र विकेन्द्रीकरण सहयोग समाजका तर्फबाट रु ५१ हजार भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको थियो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया