भूकम्प पीडितलाई नाईजेरियाको डेङगोटे समूहले १० करोड सहयोग गर्ने
१९८१ मा स्थापना भएको नाइजेरियाको डेङगोटे समूहले नेपालका भूकम्प पीडितहरुलाई १० करोड सहयोग गर्ने घोषणा गरेको छ l
पश्चिम अफ्रिकामा सर्बाधिक चर्चित तथा बृहत उत्पादक कम्पनिमा स्थापित डेङगोटे समूहले १ मिलियन डलर दिने घोषणा गरेको डेङगोटे समूहका प्रतिनिधि नेपाल घर भै नाइजेरियामा बिगत केहि बर्ष देखि कार्यरत हिक्मत थापाले जानकारी दिएका छन् l
थापाले जानकारी दिए अनुसार उक्त समुहले कम्पनीका प्रमुख कार्यकारी अधिकृत अलिको डेङगोटेको नाममा स्थापित परोपकारी संस्था डेङगोटे फाउन्डेसनमार्फत प्रधानमन्त्री राहत कोष मार्फत नेपालमा सो सहयोग गर्ने भएको छ |
पश्चिम अफ्रिकामा सबै भन्दा बृहत उत्पादक प्रतिष्ठानमा स्थापना हुन् सफल डेङगोटे समुह अफ्रीका कै ठुलो उत्पादक प्रतिष्ठान मध्येमा पर्दछ l यस समुहले सिमेन्ट ,चिनी ,नुन ,मैदा ,स्टिल ,तेल ,ग्यास ,घर निर्माण गर्नुको साथै तथा अन्य थुप्रै ब्यबसायहरु संचालनमा रहेको छ l
यस संस्थाका संस्थापक अलिको डेङगोटे फोर्ब्स पत्रिकाले अफ्रीका कै सर्बाधिक धनाड्य उद्योग पति भनेर घोषणा गरेको थियो lकेहि समय अगाडी डेङगोटे समुहले नेपालमा सिमेन्ट कारखानामा लगानी गर्ने पनि भएको छ l यसको लागि लागि परराष्ट्र मन्त्री संग पनि भेट गरेको थियो l
अफ्रीका तथा अन्य मुलुकमा समेत गरि हाल यस संस्था संग २६ हजार भन्दा ज्यादा कर्मचारी रहेका छन् l
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया