समयमै अस्थायी बासस्थानको व्यवस्था: एमाले अध्यक्ष ओली
ललितपुर, २० जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूकम्पपीडितलाई समयमै अस्थायी बासस्थानको व्यवस्था गरी खुला आकाशमुनि रहन बाध्य नपारिने र भोकभोकै नराखिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भूकम्पका कारण धरापमा परेका घर भत्काउने कार्यमा लागेका एमालेका स्वयम्सेवकलाई आज लेले–४ मा सामग्री वितरण गर्दै उहाँले भूकम्पबाट प्रभावित ७६ वटा निर्वाचन क्षेत्रमा झन्डै २८ हजार कार्यकर्ता स्वयम्सेवक परिचालन गरिएको बताउनुभयो ।
विदेशबाट आउने सहयोगको सदुपयोग गरी देशलाई नयाँ नेपाल बनाउन सकिने बताउँदै उहाँले पीडितलाई अब राहत नभई जस्तापाता एवम् नगद वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
एमालेका स्वयम्सेवक सरकारसँग हातेमालो गदै पुनःनिर्माण कार्यमा सहयोग गर्न तयार रहेको उहाँले उल्लेख गर्नुभयो । यसैबीच, सरकारका तीनवटै सुरक्षा निकायले गरेको कामको उहाँले प्रशंसा गर्नुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया