शनिबार, साउन ९ २०७८
काठमाडौं १९:५०
वासिङटन डिसी 10:05

पुर्ननिर्माणमा यूवालाई परिचालित हुन नयाँ कार्यविधीसहित खेलकुद मन्त्रीको आब्हान

इनेप्लिज २०७२ जेठ २० गते १२:५६ मा प्रकाशित

khelkud

काठमाडौ, २० जेठ । यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकारले भुकम्पबाट ध्वस्त संरचना पुर्ननिर्माणको लागि यूवा शक्ति परिचालन गर्न कार्यविधी पारित गरेर संयन्त्र निर्माण गरिसकेकोले सबैलाई सो संरचनामा रहेर परिचालिन हुन आब्हान गरेका छन ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले वर्षा छल्न अस्थायी आवास, भग्नाबशेष हटाउन प्रयाप्त श्रम शक्ति र सहयोगी हातहरुको आवश्यकता रहेको औल्याउँदै सरकारको यो अभियानलाई सहयोग गर्न आब्हान गरेका हुन ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा मन्त्री पौडेलले सरकारले कार्यविधी अनुसार केन्द्र र प्रत्येक जिल्लामा हेल्प डेस्क स्थापना गरिसकेको जानकारी दिदै एक महिनाको समय निकालेर पुर्ननिर्माणमा आउन आग्रह गरे ।
उनले भने–नेपाल स्काउट, विभिन्न संघ सस्था, सञ्जाल र राजनीतिक दलका कार्यकर्ताहरुलाई आबद्ध गरेर यूवा परिचालन गर्ने हो । यो बेला मुलुकको लागि बाहिरको दक्ष जनशक्ति र धनशक्ति आवश्यक छ ।
मन्त्री पौडेलले यूवा परिचालन अहिले प्रारम्भिक विन्दुमा रहेकोले यसलाई सस्थागत गर्न दिनको दुई सय रुपैया सम्म दिएर भए पनि परिचालन गर्न सकिने बताए ।
उनले खेलकुद परिषदका सदस्य सचिव यूवराज लामाले आफ्नो पदावधी समाप्त हुने बेलामा पदीय मर्यादा विर्सेर विभिन्न खेलकुद संघहरु विघठन गर्दै हिडेको उल्लेख गर्दै यसैक्रममा हिजो भ्रष्ट नेपाल क्रिकेट संघलाई समर्थन गर्नेले जाने बेलामा के के गरे जस्तो देखाउन क्रिकेट बोर्ड गठनको प्रस्ताव गरेको दावी गरे ।
मन्त्री पौडेलले आफुहरुले एक वर्षअघि नै नेपाल क्रिकेट बोर्ड गठनको प्रस्ताव गर्दां त्यती बेला भ्रष्ट क्रिकेट संघलाई समर्थन गर्दा नेपाली क्रिकेटले धेरै नोक्सान बेहोर्नु परेको दावी गर्दै अब नयाँ नेतृत्व पछि क्रिकेट बोर्डको गठन प्रक्रिया अगाडि बढाउने बताए ।
उनले भने– खेलकुद परिषद र यूवराज लामाले बोर्ड गठन गर्ने होईन । बोर्ड गठन गर्न ऐन बनाउनु र परिवर्तन गर्नु पर्छ । त्यो मन्त्रालयको काम हो । यतिवेला यस्तो कुरा गर्नु लोकप्रिय हुन खोज्नु मात्रै हो । चार वर्षमा उनले नेपाली क्रिकेटलाई बर्बाद गरे कुरा कसैले भुल्नु हुँदैन ।
मन्त्री पौडेलले नयाँ ढंगले क्रिकेटको विकासमा सोच्नु पर्ने आवश्यकता औल्याउँदै क्रिकेट संघमा एउटा प्रापोजल समेत लेख्न नसक्ने असक्षम ब्यक्ति हुँदा आईसीसीबाट आउने करोडौ रुपैया गुमाउनु परेकोले अब नियम विधी बनाएर नयाँ बोर्ड गठन गर्ने योजना सुनाए ।
उनले भने–अब नयाँ क्रिकेट बोर्ड र नयाँ खेलकुद विकास प्रतिष्ठान गर्ने योजनामा छौ । सदस्य सचिवको कार्यविधीको कुनै औचित्य छैन ।

प्रतिक्रिया