शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०७:५४
वासिङटन डिसी 21:09

इटहरीमा पूर्वाञ्चलस्तरीय राष्ट्रपति रनिङ कप सुरु

इनेप्लिज २०७२ जेठ १९ गते १६:१८ मा प्रकाशित

इटहरी, १९ जेठ । इटहरीस्थित पूर्वाञ्चल क्षेत्रीय रङ्गशालामा आजदेखि पूर्वाञ्चलस्तरीय राष्ट्रपति रनिङ कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

खेलकुद प्रतियोगितामा पूर्वी नेपालका १६ जिल्लाका जिल्लास्तरीय खेलकुद प्रतियोगिताबाट छनोट भएका खेलाडीको सहभागिता छ ।
दुई दिनसम्म चल्ने सो प्रतियोगिता क्षेत्रीय रङ्गशाला तथा लायन्स क्लब भवन र प्रिया पार्टी प्यालेसमा प्रतिस्पार्धा गराइएको छ । क्षेत्रीय रङ्गशालाको मैदानमा भलिबल, दौड लङजम्प, हाइजम्पलगायत खेल सुरु भएको छ ।

यसैगरी विभिन्न तौल समूहको महिला तथा पुरुषको प्रतिस्पर्धा प्रिया पार्टी प्यालेसमा सञ्चालन भइरहेको छ भने कराते र उसुका विभिन्न तौल समूहका खेलहरु लायन्स क्लबको भवनमा सञ्चालन भइरहेको छ ।

त्यस्तै पुरुषतर्फको ४०० मिटर दौडमा उदपुरका रवीलाल पुरी प्रथम, मोरङका पङ्कज पोखरेल दोस्रो र सङ्खुवासभाका समीर आले तेस्रो भएको निर्णायक लोकप्रसाद वलीले जानकारी दिनुभयो ।

त्यस्तै ४०० मिटरको छात्रातर्फको प्रतिस्पर्धामा झापाकी गोमा प्रसाईं प्रथम, झापाकै रुक्मिनी घिमिरे दोस्रो र कल्पना यादव तेस्रो भएकी छिन् ।

पूर्वाञ्चल खेलकुद समितिका अध्यक्ष किरण राईको अध्यक्षतामा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य कुसुमकुमारी श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया