ओली भन्छन्– राष्ट्रिय सङ्कट समाधान गर्न राष्ट्रिय सहमतिको सरकार
काठमाडौँ, १९ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भूकम्पले निम्ताएको राष्ट्रिय सङ्कट समाधान गर्न सबै राजनीतिक दल एकजुट भई राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं ७ सम्पर्क समन्वय कमिटीले बोहराटारस्थित टौडोलमा निर्माण गरेका अस्थायी घरटहरा हस्तान्तरण कार्यक्रम तथा स्वयंसेवाको अनुगमनका क्रममा उहाँले दलहरुबीच सहमति कायम नहुँदा आठ वर्षदेखि संविधान निर्माण हुन नसकेको अवस्थामा विधि पु¥याएर चाँडो भन्दा चाँडो संविधान जारी गर्ने प्रयत्न भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘‘जनतालाई खुला आकाशमुनिबाट छानामुनि ल्याउन राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानले सफलतापूर्वक भूमिका निर्वाह गरेको छ । हामीसँग पैसा छैन, सम्पत्ति छैन, तर आँट, जाँगर र अठोट छ ।’
पार्टीका पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले अभियानका क्रममा १० दिनको अवधिमा त्यस क्षेत्रमा १०३ अस्थायी घरटहरा निर्माण तथा जोखिममा रहेका ९६ घर भत्काएको र चारवटा विद्यालयका लागि आठवटा घरटहरा निर्माण गरेको जानकारी गराउनुभयो ।
अनुगमनका क्रममा अध्यक्ष ओलीसहित पार्टीका उपमहासचिव विष्णु पौडेल, प्रमुख सचेतक अग्निप्रसाद खरेल, केन्द्रीय सदस्यद्वय सूर्य थापा र सावित्रा भूषाल, सभासदहरु् रामबीर मानन्धर, शान्ता मानवीलगायत सो क्षेत्रमा पुग्नुभएको थियो ।
अभियानका सदस्य वसन्त मानन्धरले जनतालाई दुःख परेका बेला उनीहरुलाई सहयोग गर्नुकर्तब्य भएको विचार व्यक्त गर्दै सो अभियानले विभिन्न सङ्घ संस्थाको सहकार्यमा आज गोलढुङ्गामा १७ घरलाई जस्तापाता उपलब्ध गराएको बताउनुभयो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया