सिन्धुपाल्चोकको यमुनाडाँडामा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

इनेप्लिज २०७२ जेठ १९ गते १४:०८ मा प्रकाशित

Helicopter-accident6

चौतारा, १९ जेठ । सिन्धुपाल्चोकको यमुनाडाँडा गाविस–८ शीलापर्वतमा आज अपराह्न माउन्टेन एयरको हेलिकप्टर दुर्घटना हुँदा चालकदलका सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

माउन्टेन एयरको ‘अल्फा ३५० ९ एनजेपी’ सो हेलिकोप्टर बिजुलीको हाइटेन्सन लाइनमा ठोक्किदा क्याप्टेन सुदेक श्रेष्ठसहित चार जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले बताउनुभयो ।

हेलिकप्टर दुर्घटनामा डच नागरिक जेनिकको मृत्यु भएको र अन्य दुई जनाको सनाखत हुन सकेको छैन । दुर्घटनाग्रस्त हेलिकप्टरमा आगो लागेको थियो । दुर्घटनामा ज्यान गुमाएकाहरुको शव हेलिकप्टरबाट आजै काठमाडौँ लगिएको छ ।

Helicopter-accident1 Helicopter-accident

Helicopter-accident5

Helicopter-accident8

प्रतिक्रिया