कोइराला नेतृत्वको सरकारलाई यसो भन्छन् ईश्वर पोखरेल
चरीकोट, १८ जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ संविधान निर्माण र विपद् व्यवस्थापन गर्न सत्ता परिवर्तन अहिलेको ‘एजेन्डा’ नभई वर्तमान प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
आज यहाँ भूकम्पपीडितको अवस्थाबारे जानकारी लिएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले एमाले र काँग्रेसले विगतमा गरेको सहमतिअनुसार संविधान जारी गर्नु प्रमुख लक्ष्य रहेको भन्दै सत्ताको जोड घटाउभन्दा पनि विपद्मा एकताबद्ध भई विपद् सामना गर्नुपर्ने बताउनुभयो ।
पुनःनिर्माणमा विदेशीको मात्रै आश गरेर नहुने बताउँदै पुनःनिर्माणमा आफ्नो सीप प्रयोग गर्दै आफ्ना घरटहरा आफैँ बनाउनुपर्नेमा जोड दिनुभयो । भूकम्पले ध्वस्त बनाएका संरचनाको पुनःनिर्माणमा खटिएका आफ्ना स्वयम्सेवक कार्यकर्ताले गरेका कार्यको अनुगमन गर्दै पोखरेलले समयअनुसार भूउपयोग नीति बनाउनुपर्ने बताउनुभयो ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया