भक्तपुर, १८ जेठ । जिल्ला विकास समितिले बालुवा खानी सञ्चालनमा प्रतिबन्ध लगाएको छ ।
दुवाकोट खड्काटारका सर्वसाधारणले सोही स्थानमा सञ्चालित खानी बन्द गर्न माग गरेपछि जिविसले अनिश्चितकालका लागि ती खानी सञ्चालनमा प्रतिबन्ध लगाएको हो ।
दुवाकोटमा खानी सञ्चालन गर्दै आएका मुकुन्द थापाले जिविसको प्रतिबन्धले आफूहरूले करोडाँैको नोक्सानी व्यहोर्नु परेको र सयौँ मजदुरको रोजीरोटी खोसिएको दुःखेसो गर्नुभयो ।
जिविसले चालु आर्थिक वर्षका लागि दुवाकोट, झौखेल र चाँगुलगायत १२ स्थानमा खानी सञ्चालनको अनुमति दिएको थियो । त्यसबाट जिविसले बर्सेनि रु दुई करोड बढी राजस्व प्राप्त गर्दै आएको छ ।
प्रतिक्रिया