आइतबार, साउन १० २०७८
काठमाडौं १४:३१
वासिङटन डिसी 04:46

भारतीय राजदूतले रामचन्द्रलाई एकाबिहानै किन भेटे ?

इनेप्लिज २०७२ जेठ १८ गते ५:५० मा प्रकाशित

ramchandra-paudelकाठमाडौं, १८ जेठ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच आज बिहान भेटवार्ता भयो ।

त्यस अवसरमा उहाँहरूबीच संविधान लेखन, पछिल्लो राजनीतिक अवस्था तथा भूकम्पपछिको नवनिर्माणबारे छलफल भएको थियो ।

भारतीय राजदूतले भूकम्पका कारण नेपालले झेल्नु परेको महाविपत्तिमा भारतले सक्दो सहयोग गरेको र अब हुने पुनः स्थापना पुनर्निर्माण एवम् नवनिर्माणमा पनि हरतरहले सहयोग गर्न आफ्नो मुुलुक तयार रहेको बताउनुभयो ।

“नेपाललाई परेको दुःखमा भारत प्राविधिक, आर्थिक एवम् भौतिक सहयोग गर्न तयार छ,” राजदूत रायलाई उद्धृत गर्दै उपसभापति पौडेलले भन्नुभयो ।

उपसभापति पौडेलले संविधान बनाउन राजनीतिक दलबीच सहमतिको प्रयास पुनः सुरु भएको बताउँदै विपत्तिका बेला राहत, उद्धारलगायत काममा भारतले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया