सोमबार, माघ ३ २०७८
काठमाडौं ०४:४८
वासिङटन डिसी 18:03

लसएन्जलसबाट सिलवाल दम्पतिको आव्ह्वान, ‘यो बर्ष नेपाली अमेरिकनले आयोजना गर्ने भोज भतेरको खर्च महाभूकम्प पिडितलाई

इनेप्लिज २०७२ जेठ १७ गते २१:०९ मा प्रकाशित

Siddhrtha Support Nepal Earth Quake१८ जेठ । समृद्ध आर्थिक भविष्यको सपना बोकेर करिब एक दशक अघि अमेरिका पसेका सिद्धार्थ सिलवाल र गीता सिलवालको सपना कति पुरा भयो, अमेरिकाले कति दियो र उनीहरुले के, कति गुमाए लेखा जोखा गरेको छैन यो दम्पतीले । पक्कै केहि पाएको छ यो दम्पतीले सपना कोर्ने अमेरिकी यात्रामा तर यो दम्पतिको आम नेपालीको जस्तै रातमा निन्द्रा छैन, दिनमा भोक र काममा चैन छैन । कल कलाउदा मुना जस्ता दुई छोरा र गरि खाने ब्यापार छ अमेरिकामा यो दम्पतीको तर खुसि हरेको छ गत महिनाको शनिबार मातृभूमि नेपालमा गएको प्रलयकारी महाभूकम्पले । हातमा भएको आइ फोन र साथमा रहेको ल्यापटप मार्फत उनीहरुको आँखा २४ सै घण्टा मातृभूमिको खबर तर्फ केन्द्रित हुने गरेको छ । यति बेला प्रवाशमा बस्ने आम नेपालीको दैनिकी यसरीनै बितेको छ । लाग्छ प्रलयकारी महाभूकम्प प्रवाशी नेपालीहरुको मन मुटुमा क्षण क्षण गइ रहेको छ । यो कथा सिद्धार्थ सिलवाल र गीता सिलवाल दम्पतिको मात्र होइन सम्पूर्ण नेपाली अमेरिकनको हो । मातृभूमि नेपालबाट प्रवाशी नेपालीहरुले पाउने खबर र आउने टेलिफोन कल यो दशक भरी सदैव अप्रियनै रह्यो । राजा बिरेन्द्रको बंसनाससंगै सुरु भएको अप्रिय खबरको शिलशिला यो समाचार तयार पार्दा सम्म मातृभूमि नेपालमा गइरहेको भूकम्पको साना ठुला धक्काले त्रसित छ ग्लोबल नेपाली डाएस्पोरा । आइतबारको छुट्टी होस् वा भेटघाट नेपाली अमेरिकनको चर्चा, छलफल र बहसको बिषय बन्ने गरेको छ प्रलयकारी महाभूकम्पको शिलशिला र नेपालमा रहेको आफन्त र परिवारजनको कुशलता । गोरखा र मनाङ्गको सिमामा जोडिएको गाउँ लम्जुङ्गको बिकट पहाडी गाउँका ज्ञानेन्द्र गुरुङ हुन् वा नुवाकोट मदानपुरका रामबाबु पाण्डेको दैनिकी बनेको छ अमेरिकाबाट बाँचेका गाउँलेलाई कसरि सहयोग गर्ने । दक्षिण क्यालिफोर्नियाले गत महिनाको शनिबार मातृभूमि नेपालमा गएको प्रलयकारी महाभूकम्प लगत्तै अति प्रभावित क्षेत्रमा राहत वितरणस्वरुप टेन्ट र खाद्यान्न वितरण गर्न जुट्यो जहाँ बसेर सिद्धार्थ सिलवाल र गीता सिलवाल समृद्ध आर्थिक भविष्यको सपना कोर्दै छन् । दक्षिण क्यालिफोर्नियाको आस्थाको केन्द्र श्री पशुपतिनाथ फाउन्डेसनलाइ साक्षी राखेर यस क्षेत्रको नेपाली समुदाय दोस्रो चरणमा नुवाकोट, गोरखा र दोलखामा करिब एक हजार घर निर्माणको लागि जस्ता वितरण अभियानमा जुटिरहेको बेला यहि क्षत्रेमा बसोबास गर्ने सिलवाल दम्पतिको मनमा पनि मातृभूमिको बिपतमा सक्ने सहयोग गर्ने अभिलाषा थियो । मिसनकोट, भकुण्डेबेसी काभ्रे घर भएका सिलवाल दम्पतिको पांच दिदि बहिनि र नेपालमा रहेका ६ दाजु भाई मातृभूमि नेपालमा गएको प्रलयकारी महाभूकम्पले करिब करिब बेघर बनेका छन् । चिनेका, जानेका, आफ्ना आफन्त र जन्मेको गाउँको हाल बेहाल छ । सिलवाल दम्पति संसारकै समृद्ध मूलुक अमेरिकामा आर्थिक भविष्यको सपना कोरी रहेको छ । आस हुनेनै भयो त्यो गाउँ त्यो ठाउँबाट यो बिपतमा । यसै मेसोमा सिलवाल दम्पतिको सपना बाँसको मुना जस्ता दुई छोरा सुभम सिलवाल र श्रीयम सिवालको भात खुवाई र जन्म दिनको तिथि र साइत जुर्यो यो साता । असमन्जसमा पर्यो सिलवाल दम्पति यो साता । यस्तो बेला भोज भतेर!, अन्यौलमा पर्यो सिलवाल दम्पति । आखिर जिन्दगी जिउने क्रममा संस्कार र परम्परा धान्नै पर्ने । अन्तत सिलवाल दम्पतिले एउटा निर्णय गर्यो आफ्नो सपना बाँसको मुना जस्ता दुई छोरा सुभम सिलवाल र श्रीयम सिवालको भात खुवाई र जन्म दिनको तिथि मनाउने तर त्यो सामुहिक भेट गत महिनाको शनिबार मातृभूमि नेपालमा गएको प्रलयकारी महाभूकम्प पिडितहरुको सहयोगमा समर्पण गर्ने । हामीसंगको भेटमा सिलवालले भने, ‘नेपालमा प्रलयकारी महाभूकम्प गएको बेला भात खुवाई र जन्म दिनको भोज आयोजना गर्न हामीलाई अफ्ट्यारो परिरहेको थियो । हामीले संकल्प गर्यौ त्यो भोज महाभूकम्प पिडितहरुको सहयोगमा समर्पण गर्ने । गत साता लसएन्जलसकै एक रेस्टुरेन्टमा सिलवाल दम्पतीले दुई छोरा सुभम सिलवाल र श्रीयम सिलवालको भात खुवाई र जन्म दिनको भोज आयोजना गरे, तिथि र संस्कार पनि धाने संगै मातृभूमि नेपालका महाभूकम्प पिडितहरुको सहयोगमा संकलित रकम करिब ५५ हजार नेपाली रुपियाँ दक्षिण क्यालिफोर्नियाको भुकम्प पिडित राहत कोषलाई हस्तान्तरण गरे जुन सानो रकम कोषले नेपालमा सुरु गरेको अति प्रभावित क्षेत्र नुवाकोट, गोरखा र दोलखामा गर्न लागिएको जस्ता बितरण कार्यमा सहयोगी बनेको छ । सानडियागो क्यालिफोर्नियाका लागि नेपाली वाणिज्यदूत ऋषि ढकाल भन्छन, ‘ नमनाई नहुने तिथि र पर्व मनाउने तर झन्डै तिन लाखको संख्यामा रहेको भनिएको नेपाली अमेरिकनले सिलवाल दम्पतीले जस्तै भोज भतेरमा हुने खर्च नेपालका महाभूकम्प पिडितहरुको सहयोगमा समर्पण गर्ने हो भने मातृभूमिलाई ठुलो सहयोग हुन सक्छ बिपत पछिको पुनर्निर्माणमा ।’ सिलवाल दम्पतीले आफ्ना दुई छोरा सुभम सिलवाल र श्रीयम सिवालको भात खुवाई र जन्म दिनको भोज आयोजना गरि संकलन गरिएको रकम बुझ्दै गैर आवाशीय नेपाली संघ ( एनआरएन) अन्तराष्ट्रिय समन्वय परिषद्का सदश्य राजेन्द्र सिवाकोटी भन्छन, ‘सम्पूर्ण नेपाली अमेरिकनले एक दिनको कमाइ र नगरी नहुने भोज भतेरको रकम महाभूकम्प पिडितहरुको सहयोगमा समर्पण गर्ने हो भने मातृभूमिको बिपतमा ठुलो सहयोग हुन सक्छ ।’

Siddhrtha Family सुभम सिलवाल र श्रीयम सिवालकि आम गीता सिलवाल भन्छिन, ‘मन मुटु नेपालमा छ, मातृभूमि बिपतमा छ तर हामि फर्किन सकेनौ स्वदेश । हाम्रो धर्म महाभूकम्प पिडितहरुको सहयोगमा हात अघि बढाउने हो ।’ सिलवाल दम्पति जस्तै ग्लोबल नेपाली डाएस्पोरालाई देश दुखेको छ, महाभूकम्पले मन जलेको छ तर स्वदेश फर्किने अधुरो इच्छा कानुनि अड्चनले रोकेको छ ।’ आफ्नो आफन्त र परिवारजनलाई सबैले हेर्छन, सबैले सहयोग गर्छन तर देश दुखेको यो घडीमा मातृभूमिलाई सम्पूर्ण नेपाली अमेरिकन सहयोगी हातहरुको कमाइको एउटा हिस्सा महाभूकम्प पिडितहरुको सहयोगमा दान गर्न कसले रोकेको छ ? कसले छेकेको छ?’ ,भन्छन सिलवाल दम्पति । सिलवाल दम्पतिको आव्ह्वान छ, ‘यो बर्ष नेपाली अमेरिकनले आयोजना गर्ने  भोज भतेरको खर्च मातृभूमिलाई, महाभूकम्प पिडितलाई ।’

Siddhrtha Family 2

प्रतिक्रिया