पर्यटनमन्त्रीलाई पर्यटन पत्रकार मञ्चको छबुँदे सुझाव

इनेप्लिज २०७२ जेठ १७ गते १४:५५ मा प्रकाशित

kripa-sur-sherpaकाठमाडौँ, १७ जेठ । नेपाल पर्यटन पत्रकार मञ्च (टिजेएफ) नेपालले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पासमक्ष छबुँदे सुझावपत्र पेस गरेको छ ।

मञ्चका अध्यक्ष शिव अधिकारीको नेतृत्वको पत्रकारको टोलीले भूकम्पबाट अस्तव्यस्त भएको पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन अवलम्बन गर्नुपर्ने उपायबारे मञ्चले सुझाव दिएको छ ।

भूकम्पले निम्त्याएको त्रासदी र नेपालप्रतिको नकारात्मक धारणालाई परिवर्तन गर्न अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक सन्देश प्रवाह गर्न विशेष अभियान सञ्चालन, पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्ति तथा पर्यटन प्रवद्र्धनका काम प्रभावकारी बनाउनुपर्ने सुझाव पनि मञ्चले दिएको छ ।

त्यस अवसरमा मन्त्री शेर्पाले पर्यटकीय क्षेत्रका क्षतिग्रस्त सम्पदाको मर्मतसम्भार एवम् पुनःनिर्माण पुरानो अवस्थामा फर्काउने तथा पर्यटनको विकासका लागि अन्तर्राष्ट्रिय निकायबाट सहयोग जुटाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

उहाँले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको नेपालको पर्यटन सुरक्षित रहेको विश्वास दिलाउने गरी सकारात्मक सन्देश प्रवाह गर्न समस्त सञ्चारकर्मीलाई आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया