सिकागोले दियो राजदुत कार्कीलाई एक करोडको चेक

इनेप्लिज २०७२ जेठ १७ गते १४:१५ मा प्रकाशित

Nepal support Chicago 2गत महिना नेपालमा गएको भूकम्पको कारण समस्यामा परेका नेपालीहरुको उद्दार पुनस्थापनामा सहयोग पुराउने हिसाबले गठन गरिएको नेपाल भुकम्प पिडित उद्दार कोषले आज एक समारोहका बीच महामहिम नेपाली राजदुत डाक.अर्जुन कुमार कार्कीलाई रु एक करोड बराबरको चेक हस्तान्तरण गर्यो |सिकागोमा रहेका विभिन्न संघ संगठनहरुले एकिकृत ढंगबाट बरिस्ठ समाजसेवी श्री शारदा थापाको अद्क्ष्यतामा नेपाल भुकम्प पिडित राहत कोष नामक समिति गठन गठन गरि गत एक महिना सम्ममा जम्मा भएको उक्त रकम नेपाली राजदुतावास मार्फत प्रधान मन्त्रि राहत कोषमा पुग्ने गरि राजदुत कार्कीलाई दिइएको हो |

इलिनोइज स्टेटको सिकागो शहरको मध्य भागमा रहेको स्टेट अफ इलिनोइज को सेक्रेटरी जेसी ह्वाइटको कार्यालयमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित राजदुत कार्कीले आफुसंग यति बेला देशको भूकम्प पिडित दुत भएको नाताले अमेरिकामा रहेका नेपाली,, अमेरिकी सरकार तथा अमेरिकी जनता तथा अन्य देशका नागरिकहरुको मानबिय समबेदना कसरि प्राप्त गर्न सकिन्छ, उनिहरुबाट हाम्रो समस्यामा कसरि एक्यबध्वता हासिल गर्न सकिन्छ त्यसमा मात्र केन्द्रित भएकोले कुनै त्यस्तो छुट्टै विचार योजना र कार्यक्रम नबनाएको बताउनु भयो |म नेपालको यौटा कर्मचारी हु रास्ट्रको योजना नै मेरो योजना भएकोले त्यसको सफलताको लागि लाग्नु मेरो कर्तब्य हो कार्कीले भन्नु भयो |

सिकागोलैंड नेपाली फ्रेन्डशिप सोसाइटीका अद्क्ष्य बेनी माधब कंडेलको संचालनमा सम्पन्न कार्यक्रममा राहत रकम संकलनमा महत्वपुर्ण भूमिका खेलेका समितिका सहसंयोजक बाला घिमिरे यन आर यन इलिनोइज च्याप्टरका सभापति सुमन वोस्ती ,प्रवासी नेपाली मंचका छेत्रीय संयोजक टेकराज पौडेल जनसम्पर्क समिति इलिनोइजका सल्लहाकार लाल प्रसाद काफ्ले ,थारु सोसाइटीका सभापति बिक्रम थारु, समाजसेवी खेम पाठक, गोपेंद्र भट्टराई तथा रमाकान्त खरेलले राहत रकम कुनै ठुलो नभए पनि आफुहरुले मात्रीभुमि प्रतिको माया दर्साएको बताउनु भयो |समितिका सदस्य जितेन्द्र राणाले राहत कोषमा रकम प्रदान गर्नेको नाम बाचन गर्नु भएको थियो |राहत रकम उठाउन सहयोग गर्ने र प्रदान गर्ने सबै प्रति समितिका संयोजक श्री शारदा थापाले धन्यवाद ज्ञापन गर्नु भएको थियो |

सबै भन्दा धेरै सहयोग गर्ने संस्थाहरु :: १ .ग्लोबल चिल्ड्रेन फाउन्डेसन :सिकागो एरियामा रहेको दक्षिण कोरियालि अमेरिकनको ग्लोबल चिल्ड्रेन फाउन्डेसनले उठाएको रु सत्ताइश लाख पचपन्न हजारको चेक पनि राजदुत कार्कीलाई हस्तान्तरण गरिएको थियो | २ यसै गरि सिकागोको समाजसेवी यबम ब्यबसायी बाला घिमिरे तथा भोज घिमिरेले अर्को कार्यक्रमको आयोजना गरि राजदुत कार्कीलाई यजुकेसन फाउन्डेसन ओफ नेपालको तर्फ बाट रु दश लाखको चेक हस्तान्तरण गर्नु भएको थियो |

प्रतिक्रिया