नासो कम्युनिटीका अध्यक्षलाई स्वागत एवम् लामाटारमा राहत वितरण

इनेप्लिज २०७२ जेठ १७ गते १२:२१ मा प्रकाशित

IMG_1485

मिति २०७२ जेठ १६

शनिबार
अमेरिकामा बस्दै आएका नेपालीहरुको संस्था नासोका अध्यक्ष गोपाल विश्वकर्मालाई मिति २०७२ जेठ १६ गते दलित गैर सरकारी संस्था महासंघमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरियो । दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष एवम् दलित नागरिक समाज महाभुकम्प सहयोग तथा समन्वय समितिका संयोजक गजाधर सुनारले स्वागत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घले परियार, दलित गैर सरकारी संस्था महासंघका महासचिव जेवी विश्वकर्मा, सचिव सुशील विके, कोक्यापका महासचिव सहेक विक, दलित सेवा संघका उपाध्यक्ष गणेश कालीराज, जनउत्थान प्रतिस्थानका कार्यबाहक अध्यक्ष रणबहादुर रम्तेल, अन्जान परियार, नेपाल ग्रासरुट डिभलपमेन्ट फोरमका अध्यक्ष सन्तोष विश्वकर्मा, राजन लोहनी, डम्बर कुमारी घले परियार, सुमन पौडेल, कमल विश्वकर्मा, भद्रमान मोते, तिलक विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।

IMG_1530

कार्यक्रममा सहयोग तथा समन्वय समितिका सचिवालय संयोजक सुशील विकेले समितिले हालसम्म गरेको गतिविधिका सम्बन्धमा जानकारी गराउनुभयो । सो अवसरमा नासोका अध्यक्ष गोपाल विश्वकर्मा १२ गतेको विनाशकारी महाभुकम्पले पुर्याएको क्षतिले प्रवासी नेपालीहरु मर्माहत भएको बताउँदै आफूहरुले सक्दो सहयोग गर्ने जानकारी गराउनुभयो । उहाँले जातीय विभेदविरुद्धको अभियानमा दलित गैर सरकारी संस्था महासंघले खेलेको भुमिका सराहनीय रहेको उल्लेख दलित समुदायको समस्या दलितको मात्र नभई राष्ट्रको भएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घले परियारले नासो कम्युनिटिले गर्न लागेको सहयोगको सराहना व्यक्त गर्नुभयो ।

IMG_1535

यसअघि मिति २०७२ जेठ १५ गते दलित गैर सरकारी संस्था महासंघका पदाधिकारीहरुले विश्वकर्मालाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा स्वागत गरिएको थियो । राहत वितरण यसै गरी आजै मिति २०७२ जेठ १६ गते नासो कम्युनिटीले उपलब्ध गराएको आर्थिक सहयोगबाट ललितपुर जिल्लाको लामाटार गाविस वडा नं.१ का दलित एवम् सिमान्तकृत समुदायका ६२ घरपरिवारलाई राहत वितरण गरियो । राहत वितरणको शुभारम्भ नासोका अध्यक्ष गोपाल विश्वकर्मादारा गरिएको थियो । राहत सामग्रीमा प्रतिघर १५ किलो चामल, आधा लिटर तेल, नुन एक पोका, दाल २ किलो वितरण गरिएको थियो ।

IMG_20150530_170759

प्रतिक्रिया