जिल्लास्तरीय भलिबलको उपाधि राप्ती बाल एकाडेमीलाई
तुलसीपुर (दाङ), १७ जेठ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल दाङले गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको शिक्षकहरुबीचको जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधि राप्ति बाल एकाडेमी तुलसीपुरले हात पारेको छ ।
आज बिहान अरनिको मैदान तुलसीपुरमा भएको अन्तिम खेलमा शारदा विद्यामन्दिर रक्षाचौरलाई पराजित गर्दै एकाडेमीले उपाधि हात पारेको हो । शारदा विद्यामन्दिर रक्षाचौर २६–२४, २३–२५ र २५–१८ ले पराजित भएको हो । उपाधि हात पारेसँगै र बाल एकाडेमीले रु पाँच हजार, ट्रफी, पदक, प्रमाणपत्र र बल प्राप्त गरेको छ ।
त्यस्तै द्वितीय हुने शारदा विद्या मन्दिर तुलसीपुर–२ रक्षाचौरले रु तीन हजार ट्रफी, पदक, प्रमाणपत्र र नेट तथा तृतीय हुने पुरन्धारा एभरेस्ट एकाडेमी हंसपुरले रु एक हजार ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा एनप्याब्सन दाङमा आबद्ध आठ विद्यालयको सहभागिता थियो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया