शुक्रबार, माघ १४ २०७८
काठमाडौं २२:२९
वासिङटन डिसी 11:44

सबै राजनीतिक दल सम्मिलित साझा संयन्त्र आवश्यक: अध्यक्ष वैद्य

इनेप्लिज २०७२ जेठ १६ गते १५:१६ मा प्रकाशित

spotlight-Mohan-Baidyaप्यूठान, १६ जेठ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले भूकम्पपछि राहत र पुनःनिर्माण प्रभावकारी बनाउन सबै राजनीतिक दल सम्मिलित साझा संयन्त्र आवश्यक रहेको बताउनुभएको छ ।

प्यूठानको बाग्दुलामा आज पत्रकारसँगको भेटमा उहाँले सर्वदलीय राजनीतिक संयन्त्र बनाउने विषयमा सरकारले ध्यान नदिँदा राहत वितरण तथा उद्धार कार्यमा समस्या देखिएको टिप्पणी गर्नुभयो ।

कतिपय स्थानमा अझै पनि राहत पुग्न नसकेको औँल्याउँदै अध्यक्ष वैद्यले यथाशक्य राहत वितरणलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभयो । भूकम्प प्रभावित १४ जिल्लामा आफ्नो पार्टी पुनःनिर्माणमा जुटेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया