बिहीबार, साउन १४ २०७८
काठमाडौं ००:४२
वासिङटन डिसी 14:57

पूर्वप्रधानमन्त्री देउवाद्वारा मध्यपुरथिमि क्षेत्रको अवलोकन

इनेप्लिज २०७२ जेठ १६ गते १४:४५ मा प्रकाशित

Rss_Images_1432989516947_RG-BKT-Sear Bhadur Dayuba Photo -16भक्तपुर, १६ जेठ । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज मध्यपुर थिमिको विभिन्न क्षेत्रमा वैशाख १२ को विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिको अवलोकन गर्नुभएको छ ।

उहाँले आज मध्यपुरथिमिको बोडे, टिगनी, निकोसेरा, चपाचो, दुईपोखरी, युसेपको बालशिविरलगायत भूकम्पले क्षति पुर्‍याएका विभिन्न क्षेत्र एवम् भूकम्प पीडित आश्रय लिएर बसेका स्थानको अवलोकन गर्नुभयो ।

देउवालाई नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिका सभापति अष्टकुमार कवेंले भूकम्पले क्षति पु¥याएका स्थानका बारेमा जानकारी गराउनुभएको थियो ।

यसअघि, मध्यपुरथिमि नगरपालिकामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवालाई नगरपालिकाका कानुन अधिकृत केशव सिलवालले भूकम्प पीडितलाई नगरपालिकाले वितरण गरेको राहत, नगरपालिकाको गतिविधि र सहयोगका बारेमा जानकारी गराउनुभएको थियो ।

अवलोकनमा देउवाले अहिले पनि धेरै ठाउँमा पर्याप्त राहत नपुगेको बताउँदै वर्षा सुरु हुन लागेकाले पीडितलाई त्रिपालभन्दा जस्ता दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षा सुरु हुन लाग्यो, त्रिपालले वर्षा थेग्दैन, त्यसैले अब पीडितलाई सरकारले त्रिपाल होइन जस्ता दिनुपर्छ ।”

प्रतिक्रिया