भूकम्पपीडितलाई सहयोग गर्नु हाम्रो कर्तव्य: महामन्त्री सिटौला
रत्ननगर (चितवन), १६ जेठ । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भूकम्पपीडितलाई सहयोग गर्नु राजनीतिक कार्यकर्ताको कर्तव्य भएको भन्दै सहयोगमा नचुक्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
आज चितवनको रत्ननगरमा महाभूकम्प पीडितहरूका लागि ‘राहत, पुनःनिर्माण र पुनस्थापना’ विषयक अन्तरक्रियाका क्रममा उहाँले कार्यकर्ताहरूलाई सक्दो सहयोग गर्न निर्देशन दिनुभयो ।
काँग्रेस केन्द्रीय समितिले निर्णयसमेत गरेको र नेपाली काँग्रेसको दृष्टिकोण नै सहयोग गर्नु भएको उल्लेख गर्दै उहाँले भूकम्पपीडितको सहयोगमा कुनै कसर बाँकी नराख्न कार्यकर्तालाई भन्नुभएको छ ।
काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस कार्यकर्ता जनताको सहयोग गर्न पछिनपर्ने भन्दै भूकम्पपीडितको स्थायी वासस्थान निर्माणका लागि अहोरात्र खटिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चितवनको विकट सिद्धि गाविसका २२ घरधुरी चेपाङलगायत परिवारका लागि नयाँ घर बनाउन काँग्रेस कार्यकर्ता खटिने जानकारी दिइएको छ ।
भूकम्पपीडितका लागि नयाँ घर निर्माणमा अमेरिकामा बस्ने नेपाली अर्जुन गिरी र सञ्जीव रायले जस्तापाता सहयोग गर्नुभएको छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया