शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०३:४४
वासिङटन डिसी 17:59

अध्यक्ष ओली बुङ्मती सरसफाइमा

इनेप्लिज २०७२ जेठ १६ गते १३:०१ मा प्रकाशित

kp-oli2ललितपुर, १६ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज कार्यविनायक नगरपालिकाभित्र पर्ने ऐतिहासिकस्थल बुङ्मतीमा भएको सरसफाइ कार्यक्रममा सहभागी हुनुभएको छ ।

भू्कम्पबाट अति प्रभावित उक्त स्थानमा फैलन सक्ने विभिन्न रोगबाट बच्नका निमित्त थालिएको सरसफाइ अभियानमा नेता ओलीले विपद्मा परेका नेपालीलाई सहयोग गर्न एमालेका स्वयंसेवक दस्ता हजारौँको सङ्ख्यामा खटिरहेको बताउनुभयो । स्थलगत रुपमा खटिएका स्वयंसेवकबाट भूकम्पले धराप बनाएका घर भत्काउने र भग्नावशेषलाई हटाउने तथा पीडित परिवारलाई बस्न अस्थायी बासस्थानको निर्माण गरिरहेको जानकारी उहाँले दिनुभयो ।

विपत्तिका समयमा जनताको मनमा लागेको घाउमा मलम लगाउन आफ्नो दलले दलीय स्वार्थलाई त्यागेर सहयोग गरेको ओलीको भनाइ थियो । नेता ओलीसँगै उपमहासचिव विष्णुप्रसाद पौडेल, नेता रघुजी पन्त, एमाले क्षेत्र नं ३ का अध्यक्ष रघुनाथ महर्जनलगायत सयौँको सङ्ख्यामा स्वयंसेवकको सहभागिता थियो ।

प्रतिक्रिया