भक्तपुरका भूकम्प पिडितहरूलाई अमेरिकाबाट गएका दाहाल द्वारा सहयोग
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको वर्कमा बसोबास गर्ने सुनिल मणि दाहालले १ सय ३५ भूकम्प पिडितहरूको लागी व्यक्तिगत सहयोग प्रदान गरेका छन l
भूकम्प पछीको सम्भावित संडंक्रमणको अवस्थालाई मध्य नजर गरी सो सम्बन्धी रोकथाममा सहयोग गर्न मे ३०,२०१५ मा निकासेरा युथ क्लव, भक्तपुर संगको समन्वयमा निकासेरा,मध्यपुर ठिमी-३, भक्तपुरका ३५ परिवारलाई मास्क ,पानी शुद्ध पार्ने औषधी, हातमा लगाउने पन्जा , हात सफा गर्ने वाईप/जेल, टर्ट लाईट, मच्छर व्यान्ड, केटाकेटीहरूको लागी खेलौना र लुगा सहितको “सरभाईवर किट” उपलब्ध गराएका छन् l
यस कार्यक्रमको उद्देश्यका बारेमा स्थानीय समाजसेवी महेश घिमिरेले प्रकाश पारेका थिए भने पार्नु क्लवका उपाध्यक्ष निशुल प्रजापतिले क्लवको कार्य तथा स्थानीय भूकम्प पिडितको अवस्थाका वारेमा जानकारी गराएका थिए l यस अगाडी दाहालले चार घरे, नुवाकोटका १०० परिवारलाई सोहि वमोजिमको सहयोग वितरण गरेका थिए भने यसरि अमेरिका बाट नेपाल गै दाहालको सहयोगले १ सय ३५ भूकम्प पिडित परिवार लाभान्वित भएका छन l
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया