शनिबार, साउन १६ २०७८
काठमाडौं ०९:२९
वासिङटन डिसी 23:44

सुदूरपश्चिम विश्वविद्यालयले जित्यो डे नाईट टी–२० क्रिक्रेटको उपाधि

इनेप्लिज २०७२ जेठ १६ गते ५:१० मा प्रकाशित

kp-oli2

महेन्द्रनगर, १६ जेठ । कञ्चनपुरमा जारी प्रथम एच सी ए डे–नाईट टी–२० क्रिक्रेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम विश्वविद्यालयले जितेको छ ।

हिमालय क्रिक्रेट एकेडेमी र लिटिलबुद्ध एकेडेमीको संयुक्त आयोजनामा महेन्द्रनगरमा सम्पन्न प्रथम एच सी ए डे–नाईट टी–२० क्रिक्रेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम विश्वविद्यालयले जितेको हो ।
शुक्रबार राति हिमालय क्रिक्रेट एकेडेमीको खेलमैदानमा भएको फाइनलमा महेन्द्रनगर यूनाईटेडलाई ११ रनले पराजित गर्दै विश्वविद्यालयले उपाधि कब्जा गरेको हो ।
जितसँगै विश्वविद्यालयले प्रथम पुरस्कार ३० हजारसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ भने महेन्द्रनगर युनाईटेडले द्धितिय पुरस्कार १५ हजारसहित ट्रफी र प्रमाणपत्र पाएको छ । एमएनआर यूनिटीका प्रेम तामाङ म्यान आफ दि सिरिज घोषित भएका थिए । उनले नगद रु ५ हजारसहित ट्रफी र प्रमाणपत्र पाए ।
कञ्चनपुरमा पहिलो पटक आयोजना भएको डे–नाईट क्रिक्रेटको फाईनल भिडन्तमा पहिले टस जितेर व्याटिङ गरेको विश्वविद्यालयले निर्धारित १५ ओभरको खेलमा ५ विकेट गुमाएर १ सय १० रनको योगफल तयार पारेको थियो । विश्वविद्यालयका लागि डी बी चन्दले २७ र नितेस चन्दले १४ रन जोडेका थिए । विश्वविद्यालयको व्याटिङ लाईन ध्वस्त पार्ने क्रममा शेर सिह खत्रीले २ र शनि विष्टले १ विकेट लिएका थिए ।
१ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा महेद्रनगर यूनाईटेडले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउदै मात्र ९९ रनमा सिमित रह्यो । महेन्द्रनगर यूनाईटेका लागि महेन्द्र चन्दले ३२ र शनि बिष्टले २१ रनको योगदान गरे पनि जीतका लागि पर्याप्त भएन ।
यूनाईटेडलाई सस्तैमा समेट्ने क्रममा म्यान अफ द म्याच किरन ठगुन्नाले ३ ओभर बलिङ गर्दै १२ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए भने विनोद भट्टले १ विकेट लिएका थिए । करिव १ महिना सम्म चलेको प्रतियोगितामा २४ टीमको सहभागिता रहेको आयोजक कमिटीका संयोजक दीपक मल्लले बताए ।

प्रतिक्रिया