युवतीको हत्या गरी फाल्न लागेको अवस्थामा सिलोङ होटलकी सञ्चालिका पक्राउ
इनेप्लिज
२०७२ जेठ १६ गते ३:२५ मा प्रकाशित
भद्रपुर, १६ जेठ । झापाको काँकडभिट्टास्थित सिलोङ होटलकी सञ्चालिका ४२ वर्षीया माया मुक्तानले गएराति एक युवतीलाई हत्या गरी फाल्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ ।
विर्तामोड निवासी मृतक युवती २० वर्षीया मन्दिरा विक केही दिनदेखि त्यही होटलमा बस्दै आएकी थिइन् ।
हत्याको कारण थाहा हुन नसके पनि प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा होटेल सञ्चालिकाकी छोरा विजय तामाङ, मनोज तामाङ र काभ्रे निवासी कुमार तामाङलाई पनि राति नै पक्राउ गरिसकेको छ ।
ती युवतीलाई राति ११ बजे चाकुले घाँटी रेटेर हत्या गरी मेचीनगर नगरपालिका–१० स्थित फोहर पानी बग्ने ठाउँमा १ बजे फाल्ने क्रममा मुक्तानलाई पक्राउ गरेको प्रहरी जनाएको छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया