मंगलबार, माघ ४ २०७८
काठमाडौं १९:२०
वासिङटन डिसी 08:35

सन् २०१४–१५ मा भारतको अर्थतन्त्र ७.३ प्रतिशतले बढ्यो

इनेप्लिज २०७२ जेठ १५ गते १६:२४ मा प्रकाशित

india-map-1024x1024नयाँ दिल्ली, १५ जेठ । भारतले शुक्रबार सन् २०१४–१५ मा आफ्नो आर्थिक वृद्धि ७.३ प्रतिशतले भएको जानकारी दिएको छ । उक्त दर गत वर्षको ६.८ भन्दा बढी हो भने सरकार आफैँले गरेको अनुमानभन्दा केही कम हो ।

मार्च ३१, २०१५ सम्मको आर्थिक वर्षको वृद्धिदर ७.४ प्रतिशत हुने अनुमान त्यहाँको तथ्याङ्कसम्बन्धी मन्त्रालयले गरेको थियो ।

सरकारले कुल गार्हस्थ उत्पादन हिसाब गर्ने सूत्रमा पुनरावलोकन गरेपछि यो आर्थिक वृद्धिको पहिलो अङ्क हो । यस सूत्रले विश्लेषकहरूलाई चकित बनाएको छ ।

प्रतिक्रिया