गणतन्त्र दिवसमा इलामबाट एक्काइस कैदीबन्दी छुटे

इनेप्लिज २०७२ जेठ १५ गते १६:१० मा प्रकाशित

timthumb.php_-300x191इलाम, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा इलाम कारागारबाट २१ जना कैदीबन्दी जेलमुक्त भएका छन् ।

विभिन्न अभियोग लागेर कारागार चलान भएकामध्ये असल चालचलन भएका तथा ५० प्रतिशत कैद भुक्तान गरिसकेकालाई दिवसको अवसरमा आज आयोजित एक कार्यक्रमबीच बाँकी कैद मिनाहा गरिएको इलाम कारागारका जेलर दुर्गाप्रसाद दुलालले जानकारी दिनुभयो ।

कैद छुट पाउनेमा बहुविवाह मुद्धाका १२, ज्यान मार्ने उद्योगका दुई, कर्तव्य ज्यान मुद्धाका दुई, सवारी ज्यान मुद्धाका तीन, चोरी एक र आगजानीसम्बन्धी मुद्धाका एक जना रहेका छन् । कैद भुक्तान गरिरहेका मध्ये २५ जनाको सिफारिस केन्द्रमा पठाइएकोमा २१ जनाले कैद मिनाहा पाएको जेलर दुलालले बताउनुभयो । हाल इलाम कारागारमा ३०६ जना कैदीबन्दी छन् ।

प्रतिक्रिया