प्रधानमन्त्री कोइरालासँग मेक्सिकोका राजदूतको भेटवार्ता
काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री सुशील कोइरालासँग आज नेपालका लागि मेक्सिकोका गैरआवासीय राजदूत श्रीमती मेल्बा प्रिया ओभ्लाभारिताले प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा नेपालमा हालै आएको विनाशकारी भूकम्प, यसले पुर्याएको क्षति, खोजी, उद्धार, राहत र पुनःस्थापनाका प्रयासका साथै नेपाल र मेक्सिकोको सम्बन्धका बारेमा पनि कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री कोइरालाले नेपाललाई दुःख परेको बेलामा आएर सहानुभूति प्रकट गर्नुभएकामा राजदूत ओभ्लाभारिताप्रति कृतज्ञता प्रकट गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाललाई परेको यस दुःखमा छिमेकी मित्रराष्ट्र भारत र चीनसहित अन्य मित्रराष्ट्रले उद्धारकर्मी, स्वास्थ्यकर्मी, उद्धार उपकरण, औषधि, फिल्ड अस्पताल, खाद्यान्न, पानी र टेन्ट पठाएर सहयोग गरेको बताउनुभयो ।
सो अवसरमा राजदूत ओभ्लाभारिताले यस विपत्तिको असरबाट नेपाल छिट्टै मुक्त हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत ओभ्लाभारिताले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाल छिट्टै पूर्वावस्थामा फर्कने र अतिथिप्रेमी नेपालीको अनुहारमा छिट्टै मुस्कान आउनेमा आफू विश्वस्त भएको बताउनुभयो ।
उहाँले नेपाल र मेक्सिकोको कूटनीतिक सम्बन्ध स्थापनाको ४०औँ वार्षिकोत्सवका अवसरमा आउँदो असोज–कात्तिकमा काठमाडौँमा व्यापारिक तथा सांस्कृतिक प्रदर्शनी आयोजना गरिने पनि जानकारी दिनुभएको थियो ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया