राष्ट्रपति ओबामाकी सल्लाहकार समिति सदस्य सन्जिता प्रधानले अमेरिकाका नेपाली समुदायका जिज्ञाशालाई स्वागत गर्ने
इनेप्लिज
२०७२ जेठ १४ गते १६:५६ मा प्रकाशित

गत केहि समय अगाडी एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति बाराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्ति भएकी सन्जिता प्रधानले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका आवश्यक तथा कुनै पनि बिषय सम्बन्धि आफु कुरा गर्न चाहेको बताएकी छिन् l नेपाली समुदायका जिज्ञाशालाई स्वागत गर्दै सबैलाई सहभागी हुन् आमन्त्रित गरेकी छिन् l
अमेरिकामा भएका सबै एसियन समुदायसँग मिलेर काम गर्नुपर्ने आफ्नो जिम्मेबार भएको बताउदै अमेरिकाभरि रहेका नेपाली समुदायका मुद्दा ,अस्थायी सुरक्षित हैसियत (टिपीएस )लगायतका अन्य विषयमा समेत नेपाली समुदायसँंगै काम गर्न चाहेको प्रष्टाउदै इमेल मार्फत कुराहरु राख्न अनुरोध गरेकी छिन् l
आफ्नो नियुक्ति सम्बन्धि सवाल, सल्लाह, सुझाव आउने गरेकोले त्यसको लागि आफुले के कस्तो सहयोग गर्न सकिन्छ भन्दै पत्राचार गर्न आगह गरेकी छिन् l
अमेरिकाका राष्ट्रपति ओवामाले सल्लाहकार समितिमा १९ जनालाई नियुक्त गरेका थिए, जसमध्ये प्रधान पनि एक हुन् । धेरै बर्ष सम्म भुटानी पुनर्स्थापनको क्षेत्रमा काम गरेकी प्रधानलाई सोही विज्ञताको आधारमा नियुक्त गरिएको हो l
सम्पर्क तथा जिज्ञासाको लागि यो इमेल (बिधुतिय डाक ) [email protected] com मार्फत पत्राचार गर्न सकिने प्रधानले जनाएकी छिन् l
sanjita pradhan : [email protected] com
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया