सोमबार, माघ ३ २०७८
काठमाडौं ०४:०८
वासिङटन डिसी 17:23

लुबाट भारतमा ११ सयभन्दा बढीको मृत्यु

इनेप्लिज २०७२ जेठ १४ गते १५:१७ मा प्रकाशित

 

Yuvaraj_lama_sports_councilहैदराबाद (भारत), १४ जेठ । भारतमा बढ्दो तापक्रमका कारण विषेशगरी भारतको दुईवटा सहरमा तातो हावा अर्थात् लुबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११ सयभन्दा बढी पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

दक्षिण भारत प्रचण्ड गर्मीले बलेको र सो प्रकोपमा परी मारिनेहरुमा विशेषगरी निमार्णाधीन काममा लागेका कामदार, वृद्ध र घरबारविहीन व्यक्ति परेका जनाइएको छ ।

लुका कारण अत्यन्त प्रभावित सहर आन्ध्रप्रदेशमा गत मे १८ देखि हालसम्म ९०० भन्दा बढी व्यक्ति मारिएका छन् । सो सङ्ख्या गत वर्षको यसै मौसममा लुबाट मारिएको सङ्ख्याको तुलनामा दुगुना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी आन्ध्र प्रदेशको छिमेकमा पर्ने तेलङ्गाना राज्यको तापक्रम ४८ डिग्री पुगेको र यसबाट २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

ती राज्यमा मारिएका व्यक्तिको तथ्याङ्क अझै सङ्कलन भइरहेको हुनाले अधिकारीहरुले सो सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

ती सहरहरुमा तापक्रम ५० डिग्रीसम्म पुगेको गत सोमबार प्राप्त एक समाचारमा जनाइएको थियो । विगत केही दिनदेखि ती सहरमा यस्तो हावा चलेको थियो ।

नयाँ दिल्लीस्थित मौसमविद्हरुका अनुसार हाल भारतको अधिकतम स्थानमा जारी रहेको उच्च तापक्रम आगामी हप्तासम्म रहनसक्ने खतरा रहेको आशङ्का गरेका छन् ।

भारतको राजधानी दिल्लीलगायत हालका दिनहरुमा भारतको ठूलो भागमा लुले प्रभावित बनाएको छ ।

केही दिनअघिबाट सुरु भएको तातो हावाको अवस्था पछिल्ला केही दिनयता आएर भने दक्षिणी क्षेत्रहरु तेलङ्गना र छिमेकमा पर्ने आन्ध्र प्रदेशमा सर्दै गएको बताइएको छ ।

पछिल्ला दिनमा तेलङ्गना र आन्ध्र प्रदेशमा तापक्रम अनायास बढ्न थालेको बताइएको छ । यसका कारण सर्वसाधारणमा निकै ठूलो असर पर्ने भन्दै बिजुली आपूर्तिमा कुनै कठिनाइ उत्पन्न नगर्न सरकारलाई आग्रह गरिएको छ ।

आन्ध्र प्रदेशमा त्यहाँका मजदुर एवम् कामदारहरुलाई धेरै लामो समयसम्म दिउँसोको घाममा काम नगर्न आग्रह गरिएको छ ।

कतिपय मारिनेमा मजदुरहरु नै रहेका छन् । उनीहरु लामो समयसम्म दिउँसोको कडा घाममा काम गरेकाले प्रभावित भएको पनि समाचारमा जनाइएको छ ।

स्वास्थ्य अधिकारीहरुले दिउँसको घाममा सकेसम्म यात्रा नगर्न, छाता ओढेर हिँड्न, पानी प्रशस्तमात्रामा पिउन र चिसो खाद्य पदार्थको सेवन गर्न सुझाव दिएका छन् । रासस÷एएफपी

प्रतिक्रिया