सदस्य सचिव लामाद्वारा क्रिकेट विकास बोर्ड गठन गर्न प्रस्ताव
काठमाडौँ, १४ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव युवराज लामाले क्रिकेट विकास बोर्ड गठन गर्न प्रस्ताव गर्नुभएको छ ।
राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव लामाले नेपाल क्रिकेट सङ्घ (क्यान)मा भइरहेको विवाद समाधानको साथै क्रिकेट खेलको विकास र विस्तारका लागि पनि क्रिकेट विकास बोर्ड गठन गर्नुपर्ने भनाइ व्यक्त गर्नुभएको हो ।
उहाँले सरकारको मातहतमा गठन गरिने उक्त बोर्ड ‘नेपाल क्रिकेट विकास बोर्ड’ नामकरण गरिने प्रस्ताव राखिने बताउनुभयो । उक्त बोर्डमा २४ जना सदस्य नियुक्त गरिनेछ ।
उहाँले उक्त प्रस्तावमा कानुनी समस्या नभएको बताउँदै प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएमा क्रिकेट खेल र खेलाडीको समस्या पूर्णरुपमा समाधान हुने विचार व्यक्त गर्नुभयो ।
त्यस्तै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले यस प्रस्तावले क्रिकेट खेल र खेलाडीको विकास हुने विश्वास व्यक्त गर्नुभयो । रासस
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया