पौडेलको नेतृत्वमा तनहुँमा अट्ठाइस अस्थायी घर निर्माण
काठमाडौँ, १४ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले तनहुँको मान्द्रेमा भूकम्पबाट क्षति भएका २८ घरको पुनःनिर्माण गरेको छ ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र २९ गते गएको शक्तिशाली पराकम्पनबाट ध्वस्त भएका घरको पुनःनिर्माण गरेको हो ।
तनहुँको मान्द्रेमा इन्जिनियर तथा प्राविधिकसहित, अन्य स्वयम्सेवक र स्थानीय बासिन्दाको सहयोगमा टोलीले बिहीबार बिहानसम्म सक्रिय रही ती अस्थायी घरटहरा निर्माण गरेको हो । घर निर्माणका लागि स्थानीय बासिन्दाले आवश्यक काठपात तथा बाँस उपलब्ध गराएका थिए ।
यसैबीच, तनहुँको फिरफिरे, अरुणोदय, माझकोटसहित आठ गाविस र शुक्लगण्डकी नगरपालिकामा राहत सामग्री उपलब्ध गराएको पौडेलले जानकारी दिनुभयो ।
साथै, काठमाडाँै विश्वविद्यालयका विश्व पौडेल र अमेरिकाको टेक्सासमा बस्दै आउनुभएका किरण पौडेलको सहयोगमा पौडेलले पीडितलाई एक हजार एक सय बोरा चामल, एक हजार छ सय थान पाल, दुई हजार दुई सय थान झुलसहित आवश्यक औषधिसमेत उपलब्ध गराउनुभएको छ ।
पाँच सय घर निर्माण गर्ने उद्देश्यले हिँडेको पौडेलको टोलीले आगामी शुक्रबार सिन्धुपाल्चोकको धुस्कुन गाविसस्थित खाकिलुङ, सल्लेकेपा, निगाले र भापरचौरमा ८४ वटा अस्थायी घरटहरा निर्माण गर्न लागेको पौडेलले बताउनुभयो । त्यस्तै, नुवाकोटको महाकाली र कविलास गाउँमा ९० घर टहरा निर्माण गर्न लागिएको पनि उहाँले बताउनुभयो ।
यसअघि, पौडेलको टोलीले गोर्खाको पालुङटारस्थित उपल्लो मालती गैरामा ५३ र रामेछापको भिरपानीमा ३० वटा अस्थायी घरटहरा निर्माण गरिसकेको थियो ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया