बयरवन गाविस पूर्ण खोप घोषणा
पथरी (मोरङ), १४ जेठ । मोरङको बयरवन गाविस बुधबारदेखि पूर्ण खोप गाविस घोषणा गरिएको छ ।
गाविस बयरवन, जिल्ला स्वास्थ्य कार्यालय मोरङ तथा बयरवन स्वास्थ्य चौकीको आयोजनामा गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको हो ।
सबै किसिमका रोगविरुद्ध बालबालिकाका लागि लगाइने खोप पूरा गरेपछि पूर्ण खोप गाविस घोषणा गरिएको हो ।
गाविस पूर्ण खोप घोषणा गर्न पुग्नुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ७ का सभासद् चिकित्सक शेखर कोइरालाले बालबालिकाको सबै खोप पाउनु अधिकार रहेकाले कसैलाई पनि खोपबाट वञ्चित गर्न नहुने बताउनुभयो ।
बालबालिकाका लागि नभई नहुने बिसिजी, डिपिटी, हेब्बी, हिब, पोलियो तथा दादुराविरुद्धको खोप अनिवार्य गरिएको छ । यी खोपको मात्रा पूरा गरेपछि गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको हो ।
गाविसमा रहेको १२ देखि २३ महिनाका ४०९ जना बालबालिकालाई खोपको मात्रा पूर्ण गरिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु याङ्देनले बताउनुभयो ।
यो वर्षभित्र ३५१ जनालाई खोप दिइने स्वास्थ्य चौकी बयरवनले जनाएको छ । कार्यालयका अनुसार आगामी वर्षमा ४२५ जना बालबालिकालाई खोप दिइने लक्ष्य राखिएको छ ।
पूर्ण खोप घोषणा कार्यक्रममा मोरङका स्थानीय विकास अधिकारी नारायण मैनाली, क्षेत्रीय स्वास्थ्य निर्देशनालय क्षेत्रीय निर्देशकको समेत उपस्थिति रहेको थियो । कार्यक्रम गाविस सचिव हरिप्रसाद सुवेदीको सभापतित्वमा भएको थियो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया