युद्ध र गरिबीबाट प्रभावित भए पनि विश्वमा थोरै व्यक्ति भोको रहेको संयुक्त राष्ट्र सङ्घको दाबी
रोम, १३ जेठ । एक चौथाइ शताब्दी अगाडि एक अर्ब मानिस भोको रहेकामा प्राकृतिक प्रकोप, निरन्तर द्वन्द्व तथा गरिबीबीच पनि हाल यो सङ्ख्या ७९ करोड ५० लाखमा झरेको संयुक्त राष्ट्र सङ्घको खाद्यसम्बन्धी तीन संस्थाले बुधबार जानकारी दिएका छन ।
पूर्वी एसिया, ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रमा आर्थिक वृद्धि, कृषिमा लगानी, राजनीतिक स्थायित्व बढेका कारण भोकमरी घट्न प्रमुख प्रगति भएको ती संस्थाले आफ्नो वार्षिक प्रतिवेदन ‘‘खाद्य असुरक्षाको अवस्था’’ मा उल्लेख गरेका छन् ।
प्रतिवेदनमा १२९ मुलुकमा अनुगमन गरिएकोमा तीमध्ये बहुसङ्ख्यक अर्थात ७२ प्रतिशतले सन् २०१५ सम्म कम पोषण आधा बनाउने सहस्राब्दी विकास लक्ष्य पूरा गरेको उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनका प्रमुख होजे ग्राजियानो डा सिल्भाले सहस्राब्दी विकासका लक्ष्यको भोकमरीको लक्ष्य प्राप्त गर्न सकिने अवस्थामा पुग्नुले भोकमरीको आतङ्क आफ्नै जीवनमा अन्त्य गर्न सकिने देखाएको बताउनुभयो ।
उहाँले सन् १९९० पछि विश्वको जनसङ्ख्या १.९ अर्बले बढे पनि र प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता तथा अधिक विकासशील मुलुकमा द्वन्द्वबीच पनि भोकमरी तथा कम पोषण घटाउन सकिएको दाबी गर्नुभयो ।
यस संस्थाले विशेष गरी परिवार वा साना किसानको कृषि उत्पादकत्वमा वृद्धि तथा खाद्य टोकन वा विद्यालय खाद्य कार्यक्रम जस्ता सामाजिक सुरक्षा कार्यक्रमले भोकमरी घटाउन सहयोग गरेको उल्लेख गरेको छ ।
अफ्रिकाको सहारा उपक्षेत्रमा विश्वमा कमपोषणको चर्को अवस्था देखिएको छ । यहाँका चारमध्ये एक व्यक्तिले सक्रिय र स्वस्थ्य जीवन बाँच्न आवश्यक खाना नपाएको बताइएको छ । कृषि उत्पादकत्व तथा आधारभूत संरचनामा लगानी गर्ने केही पश्चिमी अफ्रिकी मुलुकले संयुक्त राष्ट्र सङ्घको भोकमरीको लक्ष्य प्राप्त गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया