शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०६:४६
वासिङटन डिसी 21:01

राहत रकम हस्तान्तरण

इनेप्लिज २०७२ जेठ १३ गते १३:३७ मा प्रकाशित

DSC_0164

मे २७, २०१५

कोलोराडो, अमेरीका
नव नियूक्त राजदुत डा.अर्जुन कार्कीलाई कोलोराडो समाजका तर्फबाट भुकम्प पिडितलाई सहयोग पु¥याउन संकलित रकम एक समारोह बिच हस्तान्तरण गरियो ।
यसरी रकम हस्तान्तरण गर्नेहरुमा कोलोराडो स्थित सिख समुदायका तर्फबाट अध्यक्ष तेजवन्त सिङले १० हजार १७, कोलोराडो स्प्रिङ् समाजका पुरुषोत्तम पाण्डेले ५ हजार र स्थानीय संस्थ्ँँहरुबाट संकलित १० हजार गरी जम्मा २५ हजार १७ डलर आईतबार सांझ अरोरा स्थित ताज रेष्टुरेन्टमा सम्पन्न एक कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

DSC_0160

कार्यक्रममा वरिष्ट पत्रकार एवं अन्न पुर्ण पोष्ट दैनिकका प्रधान संम्पादक यूवराज घिमिरे, वाणिज्य दुत ऋषी ढकाल, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा, नेजाका अध्यक्ष गौतम दाहाल, रकीमाउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपालीघरका अध्यक्ष नारायण श्रेष्ठ, सिख समुदायका पदाधिकारी, स्थानीय संघ संस्थ्ँँका प्रतिनीधी लगायत ठुलो संख्यामा नेपाल र नेपालप्रति माया र सद्भाव राख्नेहरुको उपस्थिती रहेको थियो ।

sahayaoकार्यक्रमका विशेष अतिथी राजदुत कार्कीले देशलाई पिडा पर्दा आङ्खनो गांस कटाएर सहयोग गर्ने सबैलाई धन्यवाद दिदै सहयोग रकमको सहि सदुपयोग हुने कुरामा शंका नगर्न सबैलाई अनुरोध गरेका छन् । उनले आगामी दिनमा पनि संकलित सबै सहयोग प्रधानमन्त्री राहात कोषमा जम्मा हुने गरि पठाउन आग्रह गरे ।

यस अघि पनि यहांका संघसंस्था तथा व्यक्तिगत पहलमा संकलित धेरै रकम नेपाल रेडक्रस तथा प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेगरि पठाई सकेका छन् ।

DSC_0172

प्रतिक्रिया