जाजरकोट जिल्ला विकास समितिमा अख्तियारको छापा
जाजरकोट, १३ जेठ । जिल्ला विकास समिति जाजरकोटमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारले मङ्गलबार बेलुकी छापा मारेको छ ।
विभिन्न सञ्चार माध्यममा जिविसमा आर्थिक अनियमितताको खबर सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट आएको टोलीले जिविसमा छापा मारेको हो । टोलीले स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेलले जनसहभागिताको नाममा मनोमानी ढङ्गले बाँडेको रु ८२ लाख रकम र विकेन्द्रिकृत ग्रामीण पूर्वाधार विकास तथा जीविकोपार्जन सुधार (ड्रीलिप) कार्यक्रम अन्तर्गत खलङ्गा (रिम्ना र मोर्क ) बालुवा सडकको मर्मतसम्भार तथा स्तरोन्नतिका लागि सार्वजनिक निर्माण शीर्षकको रु ७३ लाख गुपचुप बाँडेको कोटेसनका कागजात नियन्त्रणमा लिएको छ ।
स्थानीय विकास अधिकारी पोखरेलले जनसहभागिता शीर्षकको रु ८२ लाख बजेट उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीको आदेश भन्दै मनोमानी बाँडेका थिए । त्यसैगरी, केही दिनको अन्तरालमा (ड्रीलिप) कार्यक्रमको लाखौँं रुपैयाँ रकम केही व्यक्तिलाई मिलेमतोमा ‘कोटेसन’ बाँडेका थिए । जनसहभागिताको रकम र ‘कोटेसन’ बाँडेको विरोधमा जिविसमा तालाबन्दी गरिएको थियो । पोखरेलले मनपरी काम गरेको भन्दै संस्थागत भ्रष्टाचारविरुद्ध शुद्धिकरण अभियानको टोलीले जिविसमा तालाबन्दी गरेको थियो ।
अख्तियारको छापापछि ताला खोलिएको अभियानका संयोजक सिपी घर्तीले जानकारी दिनुभयो ।
कालीकोट र रोल्पामा स्थानीय विकास अधिकारी रहँदा पनि विभिन्न काममा विवादित बनेका पोखरेल जाजरकोटमा पुगेलगत्तै विवादमा मुछिएका छन् । स्थानीय विकास अधिकारीले गरेको अनियमित कामको जाजरकोटका विभिन्न सङ्घसंस्थाले विरोध गर्दैआएका छन् । अनियमितताको बारेमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
प्रतिक्रिया