आइतबार, माघ ९ २०७८
काठमाडौं ०६:११
वासिङटन डिसी 19:26

नेप्लिज विमन अफ न्युयोर्कले ग¥यो सहयोग प्रदान

इनेप्लिज २०७२ जेठ १३ गते ३:२७ मा प्रकाशित

sahayog hastantaranललितपुर
“धन्यवाद,यो पैसा म हाम्रो विधालयको भवनमा रेट्रोफिटिङ गर्न प्रयोग गर्छु । ” उक्त अभिव्यक्ति सुस्तमनस्थिति कल्याण विधालयका प्रधानाध्यापिका इन्दिरा ढुंगानाको थियो । प्रसंग थियो, सहयोग हस्तान्तरण कार्यक्रम ।

principal and kunti thapa
न्युयोर्कवासी नेपाली महिलाहरुको समुह नेप्लिज विमन अफ न्युयोर्कले फेब्रुअरी २१ तारिखका दिन अन्तराष्ट्रिय नारी दिवस २०१५ को अवसर पारेर मेक इट ह्यापन ३ःबपभक्ष्तज्बउउभल नामक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट उठेको सहयोग रकम यस दिन अर्थात मे २२ तारिखमा ललितपुरमा रहेको शिक्षकहरुको संस्था नेपाल राष्ट्रि«य शिक्षक संगठनको समन्वयमा प्रदान गरिएको थियो ।

group photo 1
कार्यक्रममा मेक इट ह्यापन कार्यक्रमका संयोजक कुन्ती थापाले सहयोग रकम १ लाख २९ हजार २५ रुपैंया उक्त विधालयका प्रधानाध्यापिका इन्दिरा ढुंगानालाई प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै थापाले विपत्तिको यस समयमा सानो सहयोग प्रदान गर्न पाएकोमा खुशी लागेको बताउनुभएको थियो ।

baburam thapa
त्यस्तै, सहयोग रकम प्राप्त गरेपश्चात प्रधानाध्यापिका ढुंगानाले उक्त रकम चर्केको भवनमा रेट्रोफिटिङ गर्न सदुपयोग गरिने जानकारी दिनुभएको थियो । वैशाख १२ गतेको भुकम्पमा परि ललितपुरको टंगालमा रहेको विधालयको भवन चर्किएको थियो ।
त्यस्तै, कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले यस्तो पूण्य कार्यमा आफ्नो संस्थाले समन्वय गर्न पाएकोमा खुशी व्यक्त गर्दै विपत्तिको बेला यस्तो सहयोगहरुले ठुलो अर्थ राख्ने उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा विधालयका व्यवस्थापन समितीका अध्यक्ष बदन शर्माले कुन्ती शर्मालाई दोसल्ला ओढाएर धन्यवाद प्रकट गर्नुभएको थियो ।
अमेरिकाको न्युयोर्कस्थित चियान फेडेरसनमा फेब्रअरीमा आयोजित कार्यक्रममा विभिन्न देशका कलाकारहरुको उपस्थिति रहेको थियो । सुनिता शर्मा उपाध्याय र कुन्ती थापाको संयोजनमा आयोजित उक्त कार्यक्रमको सांस्कृतिक विभागको जिम्मेवारी गायिका सिर्जना लामाले संहाल्नुभएको थियो भने प्रचार प्रसारको जिम्मेवारी अनुज थापा र दिपिका श्रेष्ठले संहाल्नुभएको थियो । कार्यक्रमको प्राविधिक जिम्मेवारी सञ्जय शिलाकारले लिनुभएको थियो ।

kunti thapa
कार्यक्रममा प्रशिद्ध सारंगीवादक श्याम नेपाली, न्हुंछे डंगोल, राज कपुर, विमल बुढाथोकी, अमेरिकी नाट्यकर्मी हिदर हार्पम, तारा लिन्हर्द लगायतको प्रस्तुति रहेको थियो । सो कार्यक्रममा नेपाली चलचित्रकी प्रशिद्ध नायिका कृष्टि मैनाली, महिला उधमी युली लाें, यम बराल, विमल डांगी, रिया मैनाली, सञ्जु सुवेदी , रोहित तिमल्सिना, रितु राम्दाम, दिपा थापा ढुंगेल, विजय सिंखडा,यम बराल, अञ्जली सेवा, रोशन पाल्पाली, अभय ढुंगेल, नरबहादुर दाहाल, मिली श्रेष्ठ लगायतको प्रस्तुति रहेको थियो । कार्यक्रममा युवा समाजसेवी झरना शेर्पाले आफ्नो परोपकारी वेबसाइट धधध।वजबचबलबकजभचउब।यचन लञ्च गरेकी थिइन् ।

anuz

प्रतिक्रिया