कतै हिँडिरहेको बेला दियाले हात थाप, म केही दिन्छुु भन्दै हातमा ढुंगा राखिदिएको सम्झँदा अनुप अहिले पनि रोमाञ्चित हुन्छन्। अनुप पनि के कम दियाको हात समाएर ढुंगै फर्काइदिन्थे। यिनै सानातिना हँसीमजाक उनीहरूलाई नजिक्याउने माध्यम बन्दै थिए।
बाह्र वर्षमा खोला पनि फर्किन्छ भन्ने नेपाली उखान छ । रंगकर्मी अनुप बराल र दिया मास्केको सम्बन्ध १२ वर्षपछि उस्तै भूमिकामा फर्केको छ । फरक यत्ति हो, त्यतिबेलाको भूमिका पर्दामा मात्रै थियो, यतिबेला यथार्थमा छ ।
दलनु टेलिसिरियलका लागि अनुप र दिया पतिपत्नीका रूपमा देखिएका थिए । वास्तविक सम्बन्ध गुरुचेलीको थियो । अभिनय करिअरको पहिलो प्रहरमै अनुपको पत्नीको भूमिका निर्वाह गरेकी दिया १२ वर्षपछि उनको जीवन सँगिनी बन्न पुगेकी छिन्। अनुप दिया लगन गाठोमा गाँसिएको पनि एक वर्ष पुगिसकेको लामो समयको प्रेमसम्बन्धपछि उनीहरू विवाह बन्धनमा बाँधिए। यो भूमिकामा पनि अनुप र दियाको काम गर्ने तरिका र दिनचर्या त्यति फेरिएको छैन। अनुप भन्छन्, ‘काम गर्दै जाँदा कतिबेला हाम्रो औपचारिक सम्बन्ध अत्मीय र मायालु बन्न पुग्यो, हामीले पत्तै पाएनौँ। लामो समय हामीबीच मौन प्रेम भयो।’
दलनमा अभिनय गर्नुपूर्व नै दिया अनुपको प्रभावमा परिसकेकी थिइन् । दिया सम्भ्किन्छिन्, ‘उहाँले ‘लक्ष्य’ फिल्ममा अभिनय गर्नुभएको थियो। अभिनय अजिब लाग्यो। साथीसँग उहाँको प्रशंसा गर्दै दिएँ, उहाँ साइडमा पपकर्न किन्दै हुनुहुँदो रहेछ। त्यतिबेला उहाँको मोवाइल नम्बर हातमा टिपेको थिएँ। फोन भने कहिल्यै गरिनँ, नम्बर पनि मेटिएर गयो।’ त्यसको दुई वर्षपछि उनीहरूको भेट ‘दलनु’टेलिफिल्मको अडिसनमा भयो।
उनीहरूका अनुसार डेटिङ स्पट पनि अजिबका हुन्थे, बाटोको छेउ, जहाँ मकै खाएर गफिन पाइयोस्। चिया पसलमा हुन्थ्यो, जहाँ कुनै औपचारिकता निभाउन नपरोस्। अनुप अगाडि सर्छन्, ‘हामी सार्वजनिक बसमा चढ्थ्यौँ र बसमै घुमिरहन्थ्यौँ। बस ढिलो हिँडे पनि हुन्थ्यो, घर नआइदिए पनि हुन्थ्यो, लामो समय बिताउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो।’
‘दलनु’पछि उनहिरूको बाटो एउटै भयो। सँगै काम गर्ने, जतिबेला पनि सँगै हुने। यसैक्रममा प्रेम भयो। अनुप सम्झन्छन्, ‘हामीले कहिल्यै गुलाब दिएर प्रपोज गरेनौँ। केही समयपछि उसको अभाव महसुस हुन थालिसकेको थियो। ऊ साथमा नहुँदा खाई कि खाइन, के गर्दै होली भन्ने लागिरहन्थ्यो।’ अनुपको कुरा नसकिँदै दिया थप्छिन्, ‘यो मान्छेसँग सधैँ काम गरिराख्न पाउँ, बोलिरहन पाऊँ भन्ने लाग्थ्यो।’
कतै हिँडिरहेको बेला दियाले हात थाप, म केही दिन्छुु भनेर हातमा ढुंगा राखिदिएको सम्झँदा अनुप अहिले पनि रोमाञ्चित हुन्छन्। अनुप पनि के कम दियाको हात समाएर ढुंगै फर्काइदिन्थे। यिनै सानातिना हँसीमजाक उनीहरूलाई नजिक्याउने माध्यम बन्दै थिए। उनीहरूका अनुसार डेटिङ स्पट पनि अजिबका हुन्थे, बाटोको छेउ, जहाँ मकै खाएर गफिन पाइयोस्। चिया पसलमा हुन्थ्यो, जहाँ कुनै औपचारिकता निभाउन नपरोस्। अनुप अगाडि सर्छन्, ‘हामी सार्वजनिक बसमा चढ्थ्यौँ र बसमै घुमिरहन्थ्यौँ। बस ढिलो हिँडे पनि हुन्थ्यो, घर नआइदिए पनि हुन्थ्यो, लामो समय बिताउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो।’ उनीहरू कहिल्यै डेटिङको लागि ठूलो रेस्टुरेन्ट र होटल चहारेनन्।
कहिले सडकनाटक देखाउन रोल्पा, डढेल्धुरा, डोटी, धनगढी पुगेर महिना बिताउँथे। कहिले दिल्ली महेश्वर पुग्थे। यो उनीहरूका लागि कामसँगै डेटिङ हुन्थ्यो। फरक तरिकाले डेटिङ गरेकै कारण कहिल्यै उनीहरूबीचको सम्बन्ध ‘गसिपु’बनेन। न डेटिङमै कसैको अवरोध बेहोर्नुपर्योो। अनुपले आफ्नो पहिलो गिफ्ट स्मरण गरे, ‘मैले नेप्किन पेपरमा भगवान् कृष्णको चित्र कोरिरहेको थिएँ। उनले यो मलाई गिफ्ट भो भनेर लगिन्। त्यही पहिलो र युनिक गिफ्ट थियो।’ दियाले साथ दिइन्, ‘त्यो अहिले पनि मसँगै छ। उहाँको मनमा कुरा खेल्यो भने नेप्किन पेपरतिर स्केच गर्न थालिहाल्नुहुन्छ।’ अनुपलाई भने दियाले पानीजहाज खेलौना, मोबाइलजस्ता गिफ्ट दिएकी रहेछिन्। दिया थप्छिन्, ‘मैले उहाँलाई प्राक्टिकल चिजहरू दिन्छु। के छैन, त्यो हेरेर दिन्छु।’
लामो समयदेखि सँगै रहे पनि उनीहरू अझै एकअर्कालाई बुझ्दै छन्। सबै कुरा पोजिटिभ रूपमा लिने अनुपसँग परिवारलाई व्यवस्थित गरेर लैजाने कला छ। अनुपको यस्तो बानी दियालाई निकै मन पर्छ। ‘उसले खाना बनाउन जानेको छ जस्तो लाग्दैनथ्यो। तर, मिठो बनाउँदो रहेछु’, दुवै खित्का छोड्छन्। अनुप पनि विवाहपछि मात्रै चाल पाएको दियाको सेक्रेट खोल्छन्, ‘सिरियस छैन जस्तो लाग्थ्यो। मभन्दा पनि सिरियस हो जस्तो लाग्छ अचेल।’
प्रतिक्रिया