भारतीय प्रधानमन्त्री मोदीले आफ्नो पहिलो वर्षमा यसो गरे

इनेप्लिज २०७२ जेठ १२ गते १५:४७ मा प्रकाशित

modiनयाँ दिल्ली, १२ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पदावधिको पहिलो वर्ष सम्पन्न गर्नुभएको छ र उहाँले यस वर्ष आफूले राम्रो तस्बिरको शक्ति बुझेको स्पष्ट पार्नुभएको छ ।

चिनियाँ प्रधानमन्त्री ली कचियाङसँग आफैँले खिचेको तस्बिर । अमेरिकी राष्ट्रपति बराक ओबामा नयाँ दिल्लीमा अवतरण हुनुभएपछि उहाँसँग आलिङ्गन गर्नुभएको तस्बिर । राष्ट्रिय सफाइ अभियानमा जोड दिन भारतीय राजधानीका सडक बढार्दै गरेको तस्बिर । प्रधानमन्त्रीको रूपमा उहाँको पहिलो वर्षका प्रत्येक प्रमुख क्षण समावेश गर्ने तस्बिरका विषयमा सार्वजनिक रूपमा कुराकानी भएका छन् ।

अन्तर्राष्ट्रिय कूटनीतिमा प्रधानमन्त्री मोदीको प्रयासका विषयमा जति लेखिएका छन्, सोही समयमा उहाँले लगाउनु भएको लुगाका विषयमा पनि लेखिएका छन् । भारतको स्वतन्त्रता दिवसका अवसरमा उहाँको पहिलो सम्बोधनमा उहाँले निकै राम्रो रङयुक्त परम्परागत तर्वान लगाउनुभएको थियो । प्रायः प्रधानमन्त्रीले गोलीको प्रभाव नहुने व्यवस्थाभित्र रहेर यस्ता सम्बोधन गरेका थिए भने उहाँले यस्तो व्यवस्था नगरिकनै भाषण दिने निर्णय गर्नुभयो । यस कुराका साथमा उहाँले लगाउनु भएको तर्वान पनि आकर्षणको विषय बन्यो ।

नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति ओबामासँगको एक छलफलमा साना अक्षरले उहाँकै नाम लेखिएको धर्कायुक्त गाडा रङको सुट लगाउनुभएको थियो र यसै पहिरनमा उहाँसँग चिया पिउनुभयो । उक्त सुटको मूल्य १० लाख भारतीय रूपैयाँ अर्थात १६ हजार अमेरिकी डलर पर्ने अनुमान गरिएको थियो । यस सुटका कारण उहाँको नकारात्मक प्रचार भयो । उहाँले त्यसलाई सात लाख अमेरिकी डलरमा लिलाम बढाबढ गराइ आएको रकम निकै प्रदूषित गङ्गा नदीको सफाइमा लगाउनुभयो र नकारात्मक प्रचारबाट बाहिरिनुभयो ।

प्रधानमन्त्री मोदीले आमसञ्चारको शक्ति र राम्रोसँग छनोट गरिएको तस्बिरको महत्व आफू प्रधानमन्त्री हुनु अगाडि नै बुझ्नुभएको थियो ।

भारतको पश्चिमी राज्य गुजरातको मुख्यमन्त्री हुँदा उहाँले एकैपटक अनेकौँ स्थानमा पुग्ने असम्भवलाई व्यवस्थित गर्नुभयो । उहाँले हजारौँ अमेरिकी डलर पर्ने उपकरण प्रयोग गरी तीन आयामिक होलोग्राफिक छविमा दर्जनौँ गाउँ तथा नगरमा आफूलाई प्रस्तुत गर्नुभयो र मतदातालाई आश्चर्यमा पार्नुभयो ।

मोदी भारतका सबैभन्दा बढी सामाजिक सञ्जाल बुझ्ने राजनीतिज्ञ हुनुहुन्छ र उहाँ फेसबुक, गुगल प्लस, ट्विट्र तथा इस्टाग्राममा सक्रिय हुनुहुन्छ । उहाँले आफ्नो चित्र फ्ल्किर तथा प्रिन्टररेस्टमा पनि राख्नुहुन्छ । यसै महिना चीनको भ्रमण आरम्भ गर्नुपूर्व उहाँ चिनियाँ माइक्रोब्लगिङ साटइमा पनि संलग्न हुनुभयो ।

प्रतिक्रिया