शुक्रबार, साउन १५ २०७८
काठमाडौं १७:०९
वासिङटन डिसी 07:24

यु–१४ फुटबलमा नेपाल र ताजिकिस्तान बराबरीमा

इनेप्लिज २०७२ जेठ १२ गते १५:३३ मा प्रकाशित

football_super_final_pic_final72159काठमाडौँ, १२ जेठ । ताजिकिस्तानमा जारी चौध वर्षमुनिका खेलाडी सम्मिलित एएफसी यु–१४ क्षेत्रीय फुटबल महोत्सव प्रतियोगितामा नेपालले आयोजक ताजिकिस्तानसँग बराबरी खेलेको छ ।

ताजिकिस्तानको राजधानी दुशान्बेमा आज भएको अन्तिम चरणको खेलमा नेपाल र ताजिकिस्तानबीचको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको हो ।

प्रतियोगितामा पहिलो अग्रता भने नेपालले लियो । खेलको सुरुवाती १३औँ मिनेटमा नेपालका मनिष थापाले पहिलो गोल गर्दै खाता खोले । त्यस्तै, नेपालका अर्का खेलाडी नीतिन थापाले खेलको ३४औँ मिनेटमा एक गोल थप्दै नेपालको अग्रता दोब्बर बनाए तापनि त्यो लामो समयसम्म भने टिक्न सकेन ।

खेलको ४८औँ र ५२औँ मिनेटमा ताजिकिस्तानका खेलाडीले दुई गोल गरेपछि खेल २–२ गोलको बराबरीमा टुङ्गिन पुग्यो ।

यसअघि, दुई खेल खेलेको नेपालले दुई खेल नै जित हासिल गरेको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि १–० गोल अन्तरको साँघुरो जित निकालेकोे थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई २–० गोलअन्तरले पराजित गरेकोे थियो ।

प्रतियोगितामा नेपालसहित आयोजक ताजिकिस्तान, भारत, श्रीलङ्का, इरान अफगानिस्तान र पाकिस्तानले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया