शनिबार, साउन ९ २०७८
काठमाडौं ०७:५४
वासिङटन डिसी 22:09

एकताका लागि राष्ट्रिय सहमतिको सरकार बनाऔं: नेता देउवा

इनेप्लिज २०७२ जेठ १२ गते १२:०० मा प्रकाशित

deuba4गोरखाबजार, १२ जेठ । नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले दलहरूबीच एकता कायम गरी देशलाई अघि बढाउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताउनुभएको छ ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले पु¥याएको क्षति र त्यसपछिको अवस्थाबारे अनुगमन गर्न आज गोरखा सदरमुकाम आइपुग्नुभएका नेता देउवाले भन्नुभयो, ‘राष्ट्रिय एकताका लागि राष्ट्रिय सरकार आवश्यक छ । हामी त्यसैमा लागिपरेका छौँ ।”

राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नेबारे छलफल भएपनि टुङ्गोमा नपुगेको बताउँदै नेता देउवाले सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सबै दलहरू एक ठाउँमा बसेर टुङ्गोमा पुग्नुपर्ने जानकारी उहाँले दिनुभयो ।

देशलाई विपद् परेका बेला सबै दल एकै ठाउँमा उभिनुपर्ने भन्दै उहाँले विपद्मा परेका नेपालीलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताउनुभयो ।

‘सबै नेपाली एकजुट भएर विपद्को सामना गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘फेरि हाँसीखुसीको नेपाल फर्काउन एकजुट होऔँ ।”

भूकम्पपीडितहरूले राहत पाए÷नपाएको अनुगमन गरेर प्राप्त जानकारी आफूले सरकारलाई जानकारी गराउँदै आएको उहाँले बताउनुभयो ।

नेता देउवाले भूकम्पले क्षति पु¥याएको गोरखाको गोरखनाथ गुफा, गोरखादरबार, कालिका मन्दिरको पनि स्थलगत अवलोकन गर्नुभएको छ ।

प्रतिक्रिया