काँग्रेसकै नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्छ: उपसभापति पौडेल
चितवन, १२ जेठ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब बन्ने राष्ट्रिय सरकारको नेतृत्व काँग्रेसले नै गर्ने बताउनुभएको छ ।
पवित्र तीर्थस्थल देवघाटधाममा रहेका आश्रम, मन्दिर र घरहरूको भूकम्पपछिको अवस्थाका बारेमा निरीक्षणपछि आज देवघाटमा पत्रकारसँग कुरा गर्दै उपसभापति पौडेलले संविधान र स्थानीय निकायको निर्वाचनको टुङ्गो लगाउँदै राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताउनुभयो ।
जनताले ठूलो पार्टीका रुपमा काँग्रेसलाई जनादेश दिएको भन्दै उहाँले सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताउनुभयो ।
भूकम्पपछि भएको क्षतिको मापन गरी पुनःनिर्माणका लागि शक्तिशाली प्राधिकरण बनाउनुपर्ने उपसाभापति पौडेलको भनाइ थियो ।
उहाँले भन्नुभयो, “सरोकारवाला मन्त्रालय र निकायको प्रतिनिधित्व हुने गरी प्राधिकरण बन्नुपर्छ जसले पुनःनिर्माणका सबै काम गर्न सकोस् ।”
सो अवसरमा नेता पौडेललाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भूकम्पका कारण देवघाटमा भएको क्षतिको विषयमा जानकारी गराउनुभएको थियो ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया