भूकम्प प्रवाहित पत्रकारलाई लाइन्स क्लबको राहत

इनेप्लिज २०७२ जेठ १२ गते २:५२ मा प्रकाशित

काठमाडौँ, १२ जेठ । भूकम्पको प्रवाहित क्षेत्रमा काम गर्दै आएको लाइन्स क्लब इन्टरनेसनलले यहाँ कार्यरत २०० जना पत्रकारलाई राहत उपलब्ध गराएको छ ।

नेपाल पत्रकार समासङ्घ काठमाडौँ शाखामार्फत त्रिपाल, कम्बल, नुन, चिउरा र चाउचाउसहितको राहत सामग्री उपलब्ध गराएको हो ।

लाइन्स इन्टरनेसनल नेपालको काउन्सिल अध्यक्ष भरतप्रसाद ढुङ्गेलले महासङ्घ शाखाका सचिव रामकृष्ण अधिकारीलाई उक्त राहत सामग्री उपलब्ध गराएको हो । सो राहत सामग्री शाखा कार्यालयबाट वितरण भइरहेको सचिव अधिकारीले जानकारी दिनुभयो ।

लाइन्सले हालसम्म भूकम्प प्रवाहितलाई १३ हजार त्रिपाल र रु सात करोडबराबरको अन्य सामग्री उपलब्ध गराइसकेको जनाएको छ । आगामी दिनमा संसदीय समितिसँग समन्वय गरेर प्रवाहित १४ जिल्लाका सम्पूर्ण भवन निर्माण गर्ने गरी काम अगाडि बढाएको अध्यक्ष ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया