वेलायतमा गोर्खा कप क्वीन्स गोर्खा सिग्नल्सले चुम्यो ।

इनेप्लिज २०७२ जेठ १२ गते १:०९ मा प्रकाशित

G8लण्डन,१२ जेठ तमुधि बेलायतकोे प्रायोजनमा हरेक बर्ष हुने १३ औ गोर्खा कप प्रतियोगिता अल्डरसट स्थित क्वीन्स एभिन्यू आर्मी ग्यारिसनको खेल मैदानमा आईतबार सम्पन्न भएको हो । यस बर्षको उपाधि क्वीन्स गोर्खा सिग्नल्सले चुम्न सफल भएको छ । स्वदेशको भयवहस्थितीलाई मध्यनजर गर्दै कार्यक्रम फरक ढंगमा प्रस्तुत भएको थियो । विभिन्न संघ संस्थाहरु र नेपाली युवा समुहले आ–आफ्नै तरिकाबाट भूकम्प पिडितका लागि आर्थिक सहयोग अनुनय गरिरहेका थिए । बेलायतमा सबै भन्दा पुरानो र चर्चित मानिने गोर्खा कप यो बर्ष मनोरन्जन भन्दा पनि स्वदेशमा परेको विपत्तिलाई बेलायतबासीहरुले एकजुट भएर आर्थिक संकलनमा दिनभर नै लागेका थिए ।

g6

आर्मी ग्यारिसनको परिसरमा आईतबार शुरु भएको लिग खेलबाट छनौट हुदै फाईनल खेलमा क्वीन्स गोर्खा सिग्नल्स र रिडिङ यूनिटी विच प्रतिष्पर्धा भएको थियो । पुरा खेल समय भित्र प्रतियोगिताको निर्णय हुन नसके पछि पेनल्टी बाट फाईनल खेलको निर्णय भएको होे । रिडिङ यूनिटी लाई ५–४ ले पराजित गदै क्वीन्स गोर्खा सिग्नल्सले १३ औ गोर्खाकपको उपाधि चुमेको हो । उक्त खेलमा क्वीन्स गोर्खा सिग्नल्सका मोहन राई उत्कृष्ठ खेलाडी र ५ गोल गदै वेष्ट स्कोरर सहारा फुटबल क्लवका ओनर घोषित भएका थिए ।

g2विजेता तथा उपविजेता टीमलाइ प्रमुख अतिथी रसमोर मेयर डायन बिडफोर्ड, विशेष अतिथी लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र आयोजक तमुधिं यूके अध्यक्ष रामचन्द्र गुरुङ लगायतले गोर्खा कप फुटबल प्रतियोगिताको समापन समारोहमा पुरस्कार वितरण गरेका थिए ।

g1

३२ प्रतिस्पर्धी समूहले भाग लिएको सो प्रतियोगितामा मुख्य र ८ भेटरेन गरि ४० टिमले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा भेटरेन तर्फबाट केन्ट एफसीले हङकङ ४० लाई ३–० ले पराजित गदै पहिलो स्थान हात पार्न सफल भएको हो । भेटरेन विजेता टिम केन्ट एफसीले ७५० पाउण्ड र उपविजेता टिम हङकङ ४० ले ५०० पाउण्ड नगद र कप प्राप्त गरे । प्रमुख विजेता टीम क्वीन्स गोर्खा सिग्नल्सले १५०० पाउण्ड र उपविजेता रेडिङ यूनिटीले ७५० पाउण्ड मेडल तथा प्रमाणपत्र पाएका थिए । प्रमुख प्रतियोगिताको पुरस्कार घान्द्रुक निवासी चन्द्रमान गुरुङ र अस्मिता एसोसिएट्सका एलएन पाण्डेले प्रायोजन गरेका हुन् ।

अल्डरसट आर्मी ग्यारिसनका चिफ अफ आर्मी स्टाफ प्याराजम्पर मेजर रुद्र शाहीको नेतृत्वमा प्यारासुट प्रदर्शन पहिलो पल्ट गरिएको हो । गोर्खा कपको मुख्य आकर्षण गराउदै प्यारासुटबाट नेपाल, बेलायत र तमुधिंको झण्डा फर्रफराउदै प्याराजम्परहरु सहि निशानीमा झरेका थिए । खेल समापन लगत्तै नाचगान सुरुवात भएको थियो ।
बेलायतमा रहेका प्रत्येक नेपालीहरु, भावि सन्ततीहरु लगायत बृद्वबृद्वा, छोरीचेलीहरु र आफ्न्तहरुमाझ भेटघाट गर्ने शुभ अवशर मिलोस भन्नका खातिर र साथै खेल प्रेमीहरुको खेलमा प्रगती होस र खेल खेलेर भरपुर मनोरन्जन लियोस भन्ने उदेश्यले हरेक बर्ष यो प्रतियोगिता तमधि युके ले गदै आएको गोर्खा कपको संयोजन क्याप्टेन पिताम्बर गुरुङले जानकारी दिनु भएको थियो ।

20150524_185236

प्रतिक्रिया