नेप्लिज एसोसिएस अफ कनेक्टिकट(नेकोन )मा नया समिति गठन

इनेप्लिज २०७२ जेठ ११ गते २३:२१ मा प्रकाशित

k 1

कनेक्टिकट राज्यभरि छरिएर रहेका नेपालीहरुको छाता संस्था नेप्लिज एसोसिएस अफ कनेक्टिकट (नेकोन) को तेश्रो चुनाव अशोक श्रीवास्तवको संयोजकत्वमा गठित ३ सदस्सीय निर्वाचन समितिले वेस्ट हार्डफोर्डमा गत मे २४ तारिखका दिन निर्वाचन सम्पन्न गर्यो । प्रत्येक दुई वर्षमा नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष तथा सचिव पदका लागि प्रत्यक्ष मतदान भएको थियो भने अन्य पदाधिकारी तथा सदस्यहरु र्निविरोध निर्वाचित हुनुभएको थियो ।

चुनाबमा ४३७ जना मतदाताहरुले मतदान गरेका थिए, जुन कुल मतको ७९.८९ प्रतिशत रहेको थियो । निर्वाचनमा अध्यक्ष पदमा शंकर ढकाल विजयी हुनुभएको छ भने उपाध्यक्ष तथा सचिव तर्फ क्रमशः अर्जुन दाहाल र नारायण पौडेल विजयी हुनुभएको छ | यसै गरि निर्विरोध निर्विचित हुनेहरुमा कोषाध्यक्ष रेखा गौतम, सह कोषाध्यक्ष धनबहादुर सिंह, सह सचिव केशव शर्मा दाहाल, सदस्यहरुमा क्रमशः अभिजीत श्रेष्ठ, प्रमिला मल्लिक, राजन तिम्सिना, मोहन कार्की, मधुसुदन अर्याल, सरोज भण्डारी र हरि जोशी हुनुहुन्छ ।

k 2नव निर्बाचित सदस्यहरुलाई प्रमाणपत्र वितरणको क्रममा निर्वाचन आयुक्त श्रीवास्तवले निर्वाचन निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको तथा निर्वाचनमा उम्मेदवार,मतदाता,स्वयंसेवक,पर्यवेक्षक तथा कार्य समितिले सक्दो सहयोग गरेको प्रतिक्रिया दिंदै आगामी निर्वाचनकालागि उम्मेदवारको फोटो सहितको मतपत्रको बनाउनुपर्ने सुझाव दिनुभयो ।

संस्थाका अध्यक्ष घनश्याम खड्काले संस्थाको विधान बमोजिम कार्य समितिले समयमै निर्वाचन सम्पन्न गरेको र निर्वाचन समितिलाई आवश्यक सहयोग गरेको बताउनु भयो। निर्वाचन पर्यवेक्षक रतन लाल ब्यासले निर्वाचन राम्रो र शन्तिपूर्ण सम्पन्न भएको प्रतिक्रिया दिंदै उम्मेदवारलाई रोज्ने क्रममा मतपत्रमा कलमको सट्टा स्वस्तिक चिन्ह अंकित छाप प्रयोग गर्न सल्लाह दिनुभयो।

मतदाताका तर्फबाट प्रतिक्रिया दिंदै कल्पना के.सी. ले चुनाव सौम्य वातावरणमा सम्पन्न भएको, चुनावको हारजीतलाई सहज रुपमा लिनुपर्ने, कार्य समितिले सदस्यको हितकोलागि काम गर्नुपर्ने, पार्टीगत कुरालाई निषेध गनुपर्ने, तत्काल संस्थाकोलागि कार्यालयको व्यवस्था गर्नुपर्ने र आगामी निर्वाचन अनलाइन बाट गर्नुपर्ने बताउनुभयो ।

k 3

प्रतिक्रिया