एनआरएन म्यारीलैंड च्याप्टरकोको अपिल

इनेप्लिज २०७२ जेठ ११ गते १९:०५ मा प्रकाशित
हार्दिक अपील --
 हालै नेपालमा गएको अकल्पनीय विनासकारी महाभूकम्पले नेपाल र नेपालीलाई अतुलनीय क्षती पुगेको सर्वविदीतै छ । अमेरीकाबासी नेपालीहरु आफ्नो देशमा गई मुस्किलमा परेका आफ्नो परिवार र आफन्तलाई भेट गर्न पाउन् भन्ने हामी सबैको चाहना हो । यसै पृष्ठभूमिमा अमेरिकामा बसोबास गरिरहेका कागजात विहीन नेपालीलाई कानूनी आधारमै नेपाल जान आउन पाउने प्रावधान स्थापित गर्नका लागि १ लाख हस्ताक्षर आवस्यक भएको हुनाले NRN-Maryland र Friends of Harry (HB) Bhandari को संयुक्त सकृयता र मेरिल्याण्डका विभिन्न सामाजिक संस्थाहरु जस्तै बाना, नेपाल जनसंपर्क समिति, पर्वत समजा, कास्की समाज, म्यग्दि समाज, चितवन समाज, नासो, प्रवासी नेपाली एकता समाज, टिईसी समुह र अन्य संस्थाको सहभागितामा TPS Signature अभियान थालिएको छ । उक्त पवित्र अभियानमा संपूर्ण नेपाली दाजुभाई दिदी बहिनीलाई सहभागी हुन हार्दिक आह्वान गरिन्छ ।
 
 TPS to Nepal अभियानमा तपाई आफै पनि तलको लिंकमा हस्ताक्षर गर्न सक्नुहुन्छ । तपाईको ईमेलमा कन्फर्मेसन लिंक आउँछ, त्यसमा भेरिफाई गर्नुपर्नेछ ।
 
 https://petitions.whitehouse.gov/petition/designate-nepal-temporary-protected-status-tps-save-peoples-lives-devastating-earthquake
 
 तपाई व्यस्त हुनुहुन्छ भने वा TPS Petition भर्न कुनै कठिनाई परेमा TPS Phone Banking संपर्क कार्यालयमा जेदु पोखरेल (443-413-0439) , एच बी भण्डारी (443-493-9984), Satish Chapagain (443-760-8167), Srijan Tamrakar (443-929-5885) सिब राज पौडेल (443-851-7971) संग आफ्नो ईमेल पनि टिपाउन सक्नुहुन्छ ।
 
 अबगत रहोस यस अभियानको अन्तिम मिति मे २७ सम्म छ । 
 
 
 जेदु पोखरेल
 President
 NRN-Maryland 
 24th may,2015

प्रतिक्रिया