शुक्रबार, साउन १५ २०७८
काठमाडौं १६:४०
वासिङटन डिसी 06:55

एमाले अध्यक्ष दोलखा र रामेछापमा

इनेप्लिज २०७२ जेठ ११ गते ७:३३ मा प्रकाशित

Rss_Images_1432457516451_Pro_Ktm_UML_KP Oli _Swyamsebak bedai (4)काठमाडौंँ, ११ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज भूकम्प प्रभावित दोलखा र रामेछापको अवस्था बुझ्न त्यसतर्फ लाग्नुभएको छ ।

अध्यक्ष ओलीले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि धेरै पराकम्पन आउने जिल्ला दोलखाको सदरमुकाम चरिकोट पुगी त्यहाँस्थित प्रशासन, सुरक्षा निकाय र विभिन्न पार्टीका प्रतिनिधिसँग राहत र पुनःस्थापनालगायतका विषयमा छलफल गर्नुभएको छ ।

अध्यक्ष ओलीसँगै रहनुभएका पार्टीका युवा नेता कैलाश ढुङ्गेलका अनुसार अध्यक्ष ओलीले जिल्लाको पहिरो प्रभावित क्षेत्रको पनि हवाई अवलोकन गर्नुभएको छ । ओली आजै रामेछाप पुगी फर्कनुहुनेछ ।

प्रतिक्रिया