अदालतले रिट खारेज गरेपछि सडक निर्माण हुने

इनेप्लिज २०७२ जेठ ११ गते ३:३७ मा प्रकाशित

300px-Panchthar_district_locationपाँचथर, ११ जेठ । चार महिनादेखि अवरुद्घ बनेको मध्यपहाडी लोकमार्गको काम सञ्चालन हुने भएको छ । फिदिमदेखि तमोर सडकखण्ड कालोपत्र गर्ने जिम्मा पाएको याक्थुम्हाङ निर्माण सेवाविरुद्ध परेको मुद्दाको रिट खारेज भएसँगै काम सञ्चालन हुने भएको हो ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजालासले विपक्षीको रिट खारेज गर्ने आदेश गरेसँगै काम सञ्चालन हुने भएको हो । याक्थुहाङ निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक तेजकुमार कुरुम्बाङले भन्नुभयो–“लामो समयदेखि अवरुद्ध बनेको उक्त सडकखण्डको कालोपत्र गर्ने कार्य अब आजबाट सुरु हुनेछ, पहिले तोकिएको समयमा काम हुन केही समय त लाग्ला ? तर अब दु्रत गतिमा काम हुनेछ । फिदिमदेखि पाँच किलोमिटर टाढा रहेको स्थान जुन स्थानलाई कोहिरी भनिन्छ, उक्त स्थानमा ढुङ्गा, गिट्टी उत्खनन गर्दा त्यस ठाउँवरपर रहेको बस्ती जोखिममा पर्ने, वातावरण तथा पर्यावरणीय क्षेत्रमा असर पर्ने, बाढीपहिरो, भूक्षय हुने भन्दै स्थानीयवासीले जिल्ला अदालत पाँचथरमा मुद्दा हालेका थिए ।

मुद्दा हालेसँगै गत माघ २८ गतेदेखि त्यस सडकको कालोपत्रे गर्ने कार्य रोकिएको थियो । कोइरी उत्खननको विषयलाई लिएर विवादित बनेको सो सडक खण्डको काम लामो समय सम्म अवरुद्घ हुदाँ विशेष गरी आठराइ क्षेत्रका हजारौ जनता प्रत्यक्ष मार्कामा परेका थिए भने राष्ट्रिय गौरवको आयोजना समेत अन्यौलमा परेको थियो ।

प्रतिक्रिया