दैवी प्रकोप राहतकोषमा एक करोड पचहत्तर लाख

इनेप्लिज २०७२ जेठ ११ गते २:३५ मा प्रकाशित

Morang_district_locationविराटनगर, ११ जेठ । मोरङबाट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आइतवारसम्ममा रु एक करोड ७४ लाखभन्दा बढी रकम जम्मा भएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले विभिन्न स्रोतबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मोरङ प्रशासनमार्फत रु एक करोड ७४ लाख ८४ हजार ९८५ सङ्कलन भएको जानकारी दिनुभयो ।

सङ्कलित रकममध्ये रु ८१ लाख ५१ हजार २१५ सरकारी कर्मचारीबाट र रु ९६ लाख ३३ हजार ७७० विभिन्न सङ्घसंस्था तथा व्यापारिक प्रतिष्ठानबाट जम्मा हुन आएको उहाँले बताउनुभयोे ।

यसैबीच, विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मानगढ खानेपानी योजनाले आइतबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु एक लाख ११ हजार १११ जम्मा गराएको छ ।

साथै, विराटनगरस्थित शिशुसेवा समितिले भूकम्पपीडितका लागि रु एक लाख ११ हजार १०१ राहत रकम प्रदान गरेको छ । समितिकी अध्यक्ष मञ्जु रिजालले प्रजिअ कार्कीलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गर्नुभयो ।

यसैबीच, पुष्पलाल स्मारक समिति विराटनगरले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु २५ हजार प्रदान गरेको छ ।

प्रतिक्रिया