अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकमा व्यस्त
काठमाडौँ, १० जेठ । राष्ट्रिय श्रम अभियान २०७२ का लागि सिन्धुपाल्चोकमा क्रियाशील रहनु भएका एकीकृत नेकपा(माओवादी) अध्यक्ष पुष्पकमल दाहालले आज सिन्धुपाल्चोकको सुकुटेमा स्वयंसेवा अभियान सञ्चालन गर्नुभयो ।
अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलकाअनुसार अध्यक्ष दाहाललगायतको टोलीले सुकुटेमा अस्थायी आवास निर्माणको सुभारम्भ गर्नुभएको छ । एमाओवादीले सिन्धुपाल्चोकमा सचिव वर्षमान पुन, स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको नेतृत्वमा एक हजार ५०० नेता तथा कार्यकर्ता परिचालन गरेको छ ।
यस्तै वरिष्ठ नेता डा बाबुराम भट्टराई आज धादिङको कुम्पुर गाविस–३ फिसफिसेटारका बयोवृद्ध षडानन्द थपलियाको भूकम्पले क्षतिग्रस्त घर सफा गरी नयाँ अस्थायी आवास निर्माण गर्नुभएको छ ।
डा भट्टराई नेतृत्वले टोलीले सो स्थानमा दुई दर्जनभन्दा बढी घर तथा टहरा निर्माण गरिएको उहाँका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
उता एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोलखामा केन्द्रित रहनुभएको छ ।
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
प्रतिक्रिया